प्रदेश २ मा करिब ७३ प्रतिशत मतदान, परिणाम आउन साता दिन लाग्ने
लक्की चौधरी
काठमाडौं, असोज ३ गते । प्रदेश २ को स्थानीय तह तेस्रो चरणको निर्वाचनमा करिब ७३ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । सोमबार भएको आठ जिल्लाको १३६ स्थानीय तहमा शान्तिपूर्ण र उत्साहप्रदरुपमा निर्वाचन सम्पन्न भएको आयोगले बताएको छ ।
मतदान कार्यक्रम सम्पन्न भएपछि सोमबार अपरान्ह आयोगको सूचना केन्द्रमा पत्रकार...














