बन्दमा जनताले साथदिएको माओवादी दावी, ५ बजे बन्द फिर्ताहुने

बन्दमा जनताले साथदिएको माओवादी दावी, ५ बजे बन्द फिर्ताहुने
काठमाडौं, कात्तिक २८ गते । बन्द आयोजक नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा (माओवादी) ले बन्दका क्रममा आइतबार आफ्ना करिब डेढसय कार्यकर्ता पक्राउ परेका जनाएको छ । शान्तिपूर्ण बन्द गराउनका लागि सडकमा निस्किएका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको माओवादीको भनाइ छ । “काठमाडौं उपत्यकाभित्र र बाहिर गरेर हाम्रा एक सयभन्दा बढी कार्यकर्ता पक्राउ...

कात्तिक मसान्तभित्र संशोधनको प्रस्ताव दर्ताः प्रधानमन्त्री प्रचण्ड

कात्तिक मसान्तभित्र संशोधनको प्रस्ताव दर्ताः प्रधानमन्त्री प्रचण्ड
लक्की चौधरी काठमाडौं, कात्तिक २६ गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कात्तिक मसान्तभित्र प्रमुख प्रतिपक्षीदल नेकपा (एमाले) सँगको सहकार्य र सहमतिमा संविधान संशोधन गरी स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्ने बताउनुभएको छ । सरकार गठनको सय दिन पुगेको अवसरमा शुक्रबार प्रधानमन्त्री प्रचण्डले सिंहदरवारस्थित आफ्नै कार्यकक्षबाट...

संविधान संशोधन तुहाए प्रचण्ड सरकार ढाल्ने यादवको चेतावनी

संविधान संशोधन तुहाए प्रचण्ड सरकार ढाल्ने यादवको चेतावनी
काठमाडौं, कात्तिक २५ गते । संघीय समाजवादी फोरम नेपालकी नेता रेखा यादवले अंगीकृत नागरिकताको बहानामा संविधान संशोधनको काम तुहाए प्रचण्ड नेतृत्वको सरकारलाई कसैले जोगाउन नसक्ने चेतावनी दिएकी छन् । ‘संविधानबाट अंगीकृत शब्द नै हटाइदिए हुन्छ । विदेशी पुरुषभन्दा पनि बुहारीमाथिको कानूनी विभेद हाम्रो प्राथमिकताको मुद्दा हो’ यादवले भनिन् । अंगीकृत नागरिकता मधेशको...

प्रेमिकाको हत्या गरेर लामिछानेले उल्टै डेढ करोड फिरौती मागे

प्रेमिकाको हत्या गरेर लामिछानेले उल्टै डेढ करोड फिरौती मागे
काठमाडौं, कात्तिक २३ गते । प्रेमिकालाई हत्या गरी बोरामा हालेर फालेपछि मृतकका बाबुसँग डेढ करोड रुपैयाँ फिरौती माग गर्ने रामेछाप ओख्रेनीका १९ वर्षीय मुक्तिनाथ लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले लामिछानेलाई मंगलबार भक्तपुरबाट पक्राउ गरेको हो । महाशाखाकाअनुसार लामिछानेले सिन्धुपाल्चोक महांकालकी २३ वर्षीय एलिसा नेपालीलाई आफ्नै...

पाँच नम्बर प्रदेशलाई विभाजन गरे भयावह अवस्थाः एमाले

पाँच नम्बर प्रदेशलाई विभाजन गरे भयावह अवस्थाः एमाले
काठमाडौं, कात्तिक २३ गते । सरकारले पाँच नम्बर प्रदेशलाई विभाजन गर्ने गरी संविधान संशोधन प्रस्ताव तयार पारेको भन्दै प्रमुख प्रतिपक्ष एमालेले आपत्ति जनाएको छ। सोमबार र मंगलबार बुटबलमा चलेको एमाले पाँच नम्बर प्रदेशको पहिलो बैठकले पाँच नम्बर प्रदेश विभाजन गरे त्यसले गम्भीर रुप लिने चेतावनी दिएको हो। ‘पाँच नम्बर प्रदेशको पहिलो...

माओवादीका पूर्व लडाकु पेरिसडाँडा घेराउ गर्न काठमाडौंमा

माओवादीका पूर्व लडाकु पेरिसडाँडा घेराउ गर्न काठमाडौंमा
काठमाडौं, कात्तिक २२ गते । पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडालाई ‘अयोग्य भनेर हटाइएका’ बर्हिगमित लडाकुहरुले घेराबन्दी सुरु गरेका छन्। राष्ट्रिय अन्तर्राष्र्टिय कानुनअनुसार आफुहरुलाई अझै पनि न्याय नदिइएको भन्दै बर्हिगमित लडाकुहरुले पेरिसडाँडालाई घेराबन्दी गरेका हुन्। यसरी पेरिसडाँडा घेराबन्दी गरिएको यो दोस्रो पटक हो। पेरिसडाँडा घेराउ कार्यक्रमका लागि देशभरीवाट पूर्व लडाकुहरु...

थारुको माग सम्बोधन गर्न सिमांकन पुनरावलोकन थरुहटको माग

थारुको माग सम्बोधन गर्न सिमांकन पुनरावलोकन थरुहटको माग
काठमाडौं, कात्तिक २१ गते । थरुहट आन्दोलनको माग,मुद्दा तथा संविधान संशोधन विधेयको सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल र थरुहट तराई पार्टी नेपालका अध्यक्ष भानुराम थारुको नेतृत्वमा गएको टोलीबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुटारमा आइतबार साँझ ४ बजेबाट करिब १ घण्टा भएको छलफलमा थारु, मेधसी, आदिवासी जनजातिहरुले उठाइरहेका मागहरुलाई संविधान संशोधन...

एमालेले थाल्यो मधेस तराईमा चार महिने जनपरिचालन अभियान

एमालेले थाल्यो मधेस तराईमा चार महिने जनपरिचालन अभियान
लक्की चौधरी काठमाडौं, कात्तिक २१ गते । पार्टीलाई विभिन्न दलका नेताबाट लगाइएको मधेस–तराई विरोधी आरोपको चिरफार र नयाँ संविधानबारे जानकारी गराउने उद्देश्यसहित नेकपा (एमाले) ले चारमहिने तराई मधेस जनजागरण अभियान शुरु गरेको छ । यसअघि केन्द्रीय कमिटीको बैठकबाट एमालेले कात्तिकबाट शुरु गरेर माघ मसान्तसम्म चारमहिने अभियान शुरुगर्ने निर्णय गरेको थियो । कात्तिक...

अन्तरिम संविधानको प्रावधानलाई आधार मानेर संशोधन गर्नुपर्छः रेग्मी

अन्तरिम संविधानको प्रावधानलाई आधार मानेर संशोधन गर्नुपर्छः रेग्मी
काठमाडौं, कात्तिक २० गते । मन्त्रीपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले ०७४ माघ ७ भित्र मुलुकलाई सही निकास दिन नसके पुनः अर्को समस्या आउनसक्ने आशंका व्यक्त गर्नुभएको छ । शनिबार यहाँ एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै रेग्मीले त्यस्तो बताउनुभयो । “अहिले पनि मुलुक समस्याकै बीचमा छ, आगामी माघ ७ भित्र मुलुकलाई सही...

चेतनाको अभावमा राज्यबाट प्राप्त सुविधा महिलाले प्राप्त गर्न सकेनन्

चेतनाको अभावमा राज्यबाट प्राप्त सुविधा महिलाले प्राप्त गर्न सकेनन्
लक्की चौधरी काठमाडौं, कात्तिक १९ गते । नेपाली महिलाका लागि विभिन्न ऐन नियम एवं निर्देशिकाले प्रदान गरेको अधिकार र सुविधा बमोजिम के तपाईले सुविधाभोग गर्नुभएको छ, यदि छैन भने सोबारेमा जानकारी आजैबाट राख्नुहोला । अन्यथा सुविधाबाट बञ्चित हुनुपर्ला । आयकर ऐन २०५८ ले महिलाको पारिश्रमिक आयमा १० प्रतिशत छुट हुने व्यवस्था गरेको...