उपन्यासकार मुना चौधरीको जयवर्धन सलहेशमा आत्मिक–प्रेमको गाथा
मुना चौधरी नेपाली साहित्यिक फाँटकी फक्रिन लागेकी मुना हुन् । विशेषगरी थारु साहित्यमा स्थान बनाउने प्रयासमा रहेकी लेखिका मुनाले पहिलो कृतिकोरुपमा ‘जयवर्धन सलहेश’ उपन्यास लिएर आएकी छिन् । अध्ययन र अध्यापन पेशामा रहेकी उपन्यासकार चौधरीले थारुको ऐतिहासिक तथा पौराणिक विषयलाई समेटेर उपन्यासलाई पुस्तकाकार दिएकी छिन् ।
जयवर्धन सलहेश मुख्य पात्रकारुपमा उपन्यासमा...














