वाम गठबन्धनको सांसदलाई दलकोतर्फबाट नेताहरुको संयुक्त ह्वीप

वाम गठबन्धनको सांसदलाई दलकोतर्फबाट नेताहरुको संयुक्त ह्वीप
लक्की चौधरी काठमाडौं, फागुन २७ गते । वाम गठबन्धन दलमाआवद्ध नेकपा (एमाले) र माओवादी केन्द्र दुवै दलका अध्यक्षले संसदीयदलको नेता, प्रमुख सचेतक तथा अध्यक्षको हैसियतमा प्रधानमन्त्रीको पक्षमा मतदान गर्न सांसदहरुलाई ह्वीप (निर्देश) जारी गरेका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आइतबार अपारान्ह साढे १२ बजे बसेको दुवै दलको संयुक्त संसदीयदलको बैठकमा...

उपचारकालागि रेशम चौधरीलाई काठमाडौं ल्याइयो, वीर अस्पतालमा भर्ना

उपचारकालागि रेशम चौधरीलाई काठमाडौं ल्याइयो, वीर अस्पतालमा भर्ना
काठमाडौं, फागुन २६ गते । फागुन २० गतेदेखि धनगढी कारागारभित्र आमशरण अनसन शुरुगरेका रेशम चौधरीको स्वास्थ्यअवस्था प्रतिकुल भएपछि गृहमन्त्री रामबहादुर थापा ‘बादल’को निर्देशनमा थप उपचारकालागि उनलाई शनिबार काठमाडौं ल्याइएको छ । चौधरीको वीर अस्पतालमा उपचार भइरहेको छ । २०७२ भाद्र ७ गते भएको कैलालीको टीकापुर काण्डका मुख्य अभियुक्तको आरोप खेपेका चौधरीलाई...

नेता तथा लेखक वामदेव गौतमको नेपाल नवनिर्माण महाअभियान यात्रा

नेता तथा लेखक वामदेव गौतमको नेपाल नवनिर्माण महाअभियान यात्रा
पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री एवं नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष वामदेव गौतमले आफ्नो आठौं पुस्तक बजारमा भर्खर ल्याउनुभएको छ । मुलुकको आर्थिक समृद्धि र त्यसको योजनामा केन्द्रीत पुस्तकले नेपालको नवनिर्माण महाअभियानको यात्राको पाइलालाई बुँदागतरुपमा प्रस्तुत गरेको छ । मुलुकले राजनीतिक स्थायित्व कायम गरी आर्थिक समृद्धिको दिशा तय गर्न लागेकाबेला गौतमले...

प्रतिनिधिसभा सभामुखमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा निर्विरोध

प्रतिनिधिसभा सभामुखमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा निर्विरोध
काठमाडौं, फागुन २५ गते । प्रतिनिधिसभाको सभामुखमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा निर्विरोध निर्वाचित हुनुभएको छ । सभामुखका लागि उहाँको मात्र उम्मेदवारी परेपछि महरा निर्विरोध हुनुभएको हो । औपचारिक घोषणा भने भोलि (आइतबार) हुनेछ । महराले संविधान कार्यान्वयन चुनौतीपूर्ण रहेको र धेरै कानुनहरु बनाउनु पर्ने भएकाले त्यसमा आफ्नो भूमिका रहने प्रतिवद्धता जनाउनु ...

टीकापुर घटनाका आरोपीको रिहाइको माग, थारुमाथि राज्यदमनको आरोप

टीकापुर घटनाका आरोपीको रिहाइको माग, थारुमाथि राज्यदमनको आरोप
कारी महतो चितवन, फागुन २४ गते । प्रदेश सांसद रामलाल महतोले राज्यले दमनको शैलीमा टीकापुर घटनामा आरोपीतहरुलाई दुःख दिइरहेको आरोप लगाउनुभएको छ । घटनामा संलग्न भएको कुनै ठोस आधार प्रमाण नहुँदासमेत आरोपमा थुनामा राख्नु थारुमाथिको अन्याय हो महतोले भन्नुभयो । भरतपुर महानगरपालिका २२ को कमलपोखरीमा थारु कल्याणकारिणी सभा चितवनको १२ औं अधिवेशनको...

महिला दिवसकै दिन कैलालीकी राधा चौधरी बोक्सीे आरोपमा कुटिइन

महिला दिवसकै दिन कैलालीकी राधा चौधरी बोक्सीे आरोपमा कुटिइन
सुख्खड (कैलाली), फागुन २४ गते । देशभर अन्तर्राष्टिय महिला दिवस मनाइरहँदा कैलालीको सुख्खडमा बोक्सीको आरोपमा किशोरीलाई मरणासन्‍न हुनेगरी कुटपिट गरिएको छ। कैलालीको घोडाघोडी नगरपालिका–५ दउँकलियाकी १८ वर्षीया किशोरी राधा चौधरीलाई स्थानीय गुरुवा रामवहादुर चौधरीले बोक्सीको आरोपमा कुटपिट गरेका हुन। पुजाआजाका काममा नआएको निहुँमा वोक्सी भनेर कुटपिट गरिएको स्थानीय वासिन्दाले बताएका छन्। पुजाआजाका काममा...

थारु कल्याणकारिणीसभा चितवनको १२ औं अधिवेशनको तयारी पूरा

थारु कल्याणकारिणीसभा चितवनको १२ औं अधिवेशनको तयारी पूरा
कारी महतो चितवन, फागुन २३ गते । थारु कल्याणकारिणी सभा (थाकस) चितवनको फागुन २४–२६ गते हुने १२ औं अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ । अधिवेशन मूल आयोजक समितिका संयोजक एवं थाकस चितवनका सभापति विश्राम महतोले अधिवेशनको सबै तयारी पूराभएको बताए । भरतपुर महानगरपालिका २२ पटिहानीको धनौजीमा हुन गइरहेको अधिवेशन चितवन क्षेत्र नं....

थारुको मौलिक शैलीको परम्परागत संस्कार झल्काउने चित्राङ्कित गरिदै

थारुको मौलिक शैलीको परम्परागत संस्कार झल्काउने चित्राङ्कित गरिदै
सुनिल चौधरी झुम्का, फागुन २३ गते । थारु समुदायको ऐतिहासिक संस्कृति तथा पहिचान जोगाउन रामधुनी ५ स्थित जिल्ला थारुकल्याणकारी भवनको भित्तोमा पौराणिक संस्कारहरुलाई चित्राङ्कित गरिएको छ । मौलिक शैलीको परम्परागत पौराणिक संस्कार महिलाले ढेकी कुटेको, जातो चलाएको, गोवाहली (गोठ) मा बसघरा नजिकै बैलगाडा (गरि) रहेको चित्राङ्कित हेर्दा साच्चै आदिवासीहरुले गाउँघरमा गरीने संस्कारको...

टीकापुर घटनाका आरोपी निर्दोश राजबन्दीलाई रिहाई गर्न माग

टीकापुर घटनाका आरोपी निर्दोश राजबन्दीलाई रिहाई गर्न माग
काठमाडौं, फागुन २३ गते । थरुहट थारुवान संयुक्त संघर्ष समितिले टीकापुर घटनाको आरोपमा राजबन्दी जिवन व्यतित गरिरहेकालाई विना शर्त रिहाईको माग गरेको छ ।  रिपोर्टर्स क्लवमा बुधबार यहाँ पत्रकार सम्मेलन गर्दै संघर्ष समितिले सो माग गरेको हो । टीकापुर घटना राजनीतिक घटना भएकाले त्यसलाई सोहीरुपमा सल्टाउन थारु अगुवाले माग गरे ।...

संघियताके चूनौति ओ अवसर (पश्चिमा थारुभाषा)

संघियताके चूनौति ओ अवसर (पश्चिमा थारुभाषा)
नेपालके लौव संविधान २०७२ बनलपाछ मुलुक लौव दिशाम गैइल बा । संविधानके भावना, मर्म अनुरुप संघियताफे कार्यान्वयनम बा । उह संविधानह कार्यान्वयन कर्ना क्रमम हमार देशह सात प्रदेशम बाट्गैल बा । तीन चरणके निर्वाचन कर्टि स्थानिय, प्रदेश, संघ ओ राष्ट्रिय सभाके निर्वाचन हो स्याकल अवस्था बा । जनतनके मत बाम...