ब्यानर समाचार
चितवनको खैरहनीमा नवौं थारू खिचरा महोत्सवको तयारी
अधिकार सम्बोधनमा नेतृत्वदायी भूमिका खेल्न थारु आयोगलाई सुझाव
हमार पहुरा डट कम
धनगढी, पुस १९ गते । थारु आयोगका अध्यक्षसहित सदस्यहरुले थारु समुदायको विविध सवालमा प्रदेश, स्थानीय तहका जनप्रतिनिधि र बुद्धिजीवीसँग छलफल गर्नुभएको छ । आज धनगढीमा कार्यक्रम आयोजना गरी आयोगका पदाधिकारीले थारु समुदायका लागि हुनुपर्ने नीतिगत व्यवस्था, समावेशिता, पाउनु पर्ने सेवा सुविधालगायतको विषयमा छलफल गर्नुभएको हो ।
कार्यक्रमका सहभागीले...
इन्चोन सिटीमा बलेको शान्ति दीप
शान्तिका पर्याय भनेर सिद्धार्थ गौतम बुद्धलाई चिनिन्छ । भगवान बुद्ध नेपाली भूमिमा जन्मेर विश्वभर शान्तिको दीप उज्ज्वलित गराउनुभयो । हामी नेपालीको पहिचान र सम्मान त्यही हो, लाग्छ । बुद्ध भन्नाले बोधिप्राप्त अथवा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव भनेर बुझिन्छ । बुद्धबारे धेरै चर्चा गरिरहनु परेन । बरु शान्तिबारे घोट्लिन सके...
थारू आयोगको कार्यशैलीप्रति मधेशका थारूहरुको गुनासै गुनासो
हमार पहुरा डट कम
जनकपुरधाम, पुस १५ गते । जनकपुरधाममा थारु आयोग काठमाडौंले आयोजना गरेको कार्यक्रमका वक्ताहरुले आयोगको कामप्रति गुनासो पोखेका छन् । जनकपुरधाममा आयोजित प्रदेश तथा जनप्रतिनिधिसँग भएको अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले आयागले थारुहरुको हकहितका लागि खासै काम गर्न नसकेको गुनासो गरेका हुन् ।
यस्तै, सो कार्यक्रममा सहभागी सप्तरीका नागेन्द्र चौधरीले भन्नुभयो,...
पत्रकार लक्की चौधरीलाई सत्यनारायणबहादुर प्रेस स्वतन्त्रता सेनानी सम्मान
हमार पहुरा डट कम
ललितपुर, पुस १३ गते । यस वर्षको ‘सत्यनारायणबहादुर श्रेष्ठ प्रेस स्वतन्त्रता सेनानी सम्मान २०८०’ बाट गोरखापत्रका उपसम्पादक लक्की चौधरी सम्मानित हुनुभएको छ । नेवा : पत्रकार राष्ट्रिय दबूले श्रेष्ठको १०८ औं जन्म दिवसको अवसरमा आज उहाँलाई सम्मानित गरेको हो ।
कार्यक्रममा दबूले नगद २५ हजार रुपियाँ र सम्मानपत्रले...
पत्रकार लक्की चौधरीलाई सत्यनारायणबहादुर प्रेस स्वतन्त्रता सेनानी पुरस्कार
हमार पहुरा डट कम
काठमाडौँ, पुस ११ गते । स्वर्गीय सत्यनारायणबहादुर श्रेष्ठ प्रेस स्वतन्त्रता सेनानी पुरस्कार २०८० पत्रकार लक्की चौधरीलाई प्रदान गरिने भएको छ । नेवाः पत्रकार राष्ट्रिय दबूको बुधबार बसेको सचिवालय बैठकले उहाँलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
यस वर्ष पहिलो पटक सो पुरस्कारको स्थापना भएको हो ।...
थारु होमस्टे भादागाउँमा एक हप्ता माघी महोत्सव आयोजना हुने
हमार पहुरा डट कम
धनगढी, पुस ५ गते । कैलालीको धनगढी उपमहानगरपालिका –१६ मा अवस्थित थारु होमस्टे भादागाउँमा एक हप्ते माघी महोत्सव आयोजना हुनेभएको छ ।
थारु समुदायको संस्कृति, खानपान, भेषभूषा, सीपकला, प्राकृतिक सम्पदाको संरक्षण तथा सदुपयोगका लागि थारु होमस्टे भादागाउँ पर्यटन विकास तथा व्यवस्थापन समितिले महोत्सव आयोजना गर्न लागेको जनाएको छ...
‘राज्य संरचनामा एक जातीको वर्चस्व कायम हुँदा विविधताको तस्विर आएन’
हमार पहुरा डट कम
काठमाडौं, पुस ३ गते । नेपाल विविध जाति र समुदायको संयुक्त संरचना भए पनि राज्य संरचनामा विविधताको तस्बिर आउन नसकेको आदिवासी अगुवाहरूले गुनासो गर्नुभएको छ । राज्य सत्तामा एक जाती समुदायको सदियौं बर्चस्व कायम रहँदा अन्यले अवसर नपाएको भनाइ वक्ताहरुको छ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)...
तीन दिने घोरीघोरा लवाङ्गी पूजा तथा थारू सांस्कृतिक महोत्सव सुरु
हमार पहुरा डट कम
सुख्खड (कैलाली), मङ्सिर २९ गते । कैलालीको घोडाघोडी नगरपालिका –१ घोडाघोडी मन्दिर परिसरमा तीन दिने लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव आजदेखि सुरुभएको छ ।
महोत्सवको सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गर्नुभयो । महोत्सव उद्घाटन गर्दै मुख्यमन्त्री शाहले लवाङ्गी पूजा थारु समुदायको परम्परागत संस्कारसँग जोडिएको जनाउँदै...














