मेरो कोही प्रतिस्पर्धी छैनन, जितेरै काठमाडौं फर्किन्छुः चौधरी

मेरो कोही प्रतिस्पर्धी छैनन, जितेरै काठमाडौं फर्किन्छुः चौधरी
सप्तरी, मंसिर ३ गते । सप्तरी क्षेत्र नं. ४ बाट प्रतिनिधिसभाका उम्मेदवार बन्नुभएका बहालवाला खेलकुद राज्यमन्त्री तेजुलाल चौधरीले आफ्नो क्षेत्रमा कोही प्रतिस्पर्धी नभएको दावी गर्नुभएको छ । हमार पहुरा डट कमसँग संक्षिप्त कुरा गर्नुहुँदै उहाँले त्यस्तो दावी गर्नुभयो । उम्मेदवार त मजस्तै १४ जना छन्, तर प्रतिस्पर्धा हुनेखालका कोही छैनन, उहाँले...

गठबन्धनको राजनीतिक संस्कार

गठबन्धनको राजनीतिक संस्कार
विषय प्रवेशः संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण पश्चात दुई वर्षमा तीन तहको निर्वाचन सम्पन्न गर्ने अभिभारा बोकेर स्थानीय तहको निर्वाचन सम्पन्न भएलगतै गठबन्धनको राजनीति नेपाली राजनीतिमा अभ्यास हुँदैछ । प्रतिनिधि सभा तथा प्रदेश सभाकालागि दलहरुबीच गठबन्धन गर्दै चुनावी मैदानमा उत्रे भने यसले नेपाली राजनीतिक वृत्तमा नयाँ वहसको ढोका खोल्ने काम गरेको...

नेता कार्यकर्तालाई चुनावी रौनक, किसानलाई देशावरको चटारो

नेता कार्यकर्तालाई चुनावी रौनक, किसानलाई देशावरको चटारो
गणेश चौधरी टीकापुर, मंसिर १ गते । देशभरि चुनावी रौनक चलिरहेकाबेला कैलालीको पूर्वी क्षेत्रमा भने देशावरको चटारो छ । रानी जमरा र कुलरिया कुलोमा हिउँदे बाली सिँचाइका लागि किसान देशावर गएका छन् । कुलो खन्ने किसानको यो मेला करिब सय वर्षअघिदेखि चल्दै आएको छ । सामूहिक रूपमा ठूलो संख्याले कुलो खन्नुलाई ‘देशावर...

जेब्राक्रसिङको वारपार बार लगाएपछि सर्वसाधारणलाई हिड्न सास्ती

जेब्राक्रसिङको वारपार बार लगाएपछि सर्वसाधारणलाई हिड्न सास्ती
भगतराम थारु नेपालगन्ज, मंसिर १ गते । यात्रुलाई सहज होस भनेर नेपालगन्जको चारलेन सडकमा बनाईएको जेब्रा क्रसिङले यात्रुलाई उल्टो सास्ती दिएको छ । यात्रुलाई सहजतापूर्वक सडक वारपार गर्न बनाईएको जेब्राक्रसिङले यात्रुलाई झन सास्ती भएको सर्वसाधारणहरु बताउँछन् । जेब्राक्रसिङ छ, सडक पेटीसम्म जाने खुल्ला बाटो छैन कसरी सहजता पाउने एक बटुवाले भने ।...

थारु केन्द्रीत हमार पहुरा डट कम न्यूज पोर्टल तेस्रो वर्षमा प्रवेश

थारु केन्द्रीत हमार पहुरा डट कम न्यूज पोर्टल तेस्रो वर्षमा प्रवेश
काठमाडौं, मंसिर १ गते । थारु तथा आदिबासी जनजाति समाचारलाई केन्द्रीत गरी शुरु गरिएको नेपाली र थारु भाषाको पहिलो अनलाईन हमार पहुरा डट कम शुक्रबार बाट तेस्रो वर्षमा प्रवेश गरेको छ । २०७२ मंसिर १ गतेदेखि न्यूज पोर्टलकोरुपमा शुरुभएको अनलाईन पत्रिका हमार पहुरा डट कमले पाठकको माया र सहयोगबाट यो अवस्थामा...

थरुहट आन्दोलनका युवा नेता तेजमान चौधरी एमालेमा प्रवेश

थरुहट आन्दोलनका युवा नेता तेजमान चौधरी एमालेमा प्रवेश
सन्तोष दहित घोराही, कात्तिक ३० गते । थारु आन्दोलनका युवा नेता तेजमान चौधरी नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । घोराही उपमहानगरपालिका १६ पछुर्कामा आयोजित विशाल चुनावीसभामा चौधरीलाई एमालेका स्थायी कमिटिका सदस्य तथा दाङ क्षेत्र नं. २ (क) का बाम गठबन्धनका उम्मेदवार शंकर पोख्रेलले टीका र माला लगाएर प्रवेश गराउनुभयो । चौधरी थरुहट...

दाङमा थारु कलाकारहरुको बृहत सांस्कृतिक कार्यक्रम गर्ने तयारी

दाङमा थारु कलाकारहरुको बृहत सांस्कृतिक कार्यक्रम गर्ने तयारी
नविन चौधरी दाङ, कात्तिक २९ गते । दाङका थारु कलाकर्मीहरुले आगामी मंसिर २ गते घोराही उपमहानगरपालिका–१४ झिङगौरामा बृहत सांस्कृतिक कार्यक्रम गर्ने भएकाछन् । गायक शालिकराम चौधरीको अध्यक्षतामा बसेको थारु कलाकर्मीहरुको बैठकले सो कार्यक्रम गर्ने निर्णय गरेको हो । थारु कलाकार संघ दाङको आयोजनामा हुने कार्यक्रममा दाङका सबै कलाकर्मीहरुको सहभागिता तथा बेजोड प्रस्तुती...

थारु पत्रकारलाई ‘झुम्का’ले लगाएको गुन

थारु पत्रकारलाई ‘झुम्का’ले लगाएको गुन
थारु पत्रकार संघ, नेपालको तेस्रो अधिवेशन कात्तिक १८ गते सुनसरीको झुम्कामा सम्पन्न भयो । यसअघि पहिलो र दोस्रो अधिवेशन काठमाडौंमा भएपनि पहिलो पटक उपत्यका बाहिर संघको अधिवेशन आयोजना भयो । संघ सुनसरी र मोरङको सक्रियता र क्रियाशीलताका कारण सो अधिवेशन उपत्यका बाहिर हुन सम्भव भयो । केन्द्रलाई खासै आर्थिक व्ययभार...

आरजुसँग मतदाताको पहुँच नै पुग्दैन, कसरी विकास होलाः रानाथारु

आरजुसँग मतदाताको पहुँच नै पुग्दैन, कसरी विकास होलाः रानाथारु
धनगढी, कात्तिक २८ गते । नेकपा एमालेका बैकल्पिक केन्द्रीय सदस्य तथा नेकपा कैलाली क्षेत्र नं. ५ का प्रतिनिधिसभा उम्मेदवार नारदमुनी रानाथारुले काँग्रेस नेतृ आरजु राणा देउवासँग आम जनताको पहुंंच नपुग्ने बताउनुभएको छ । मानौ उहाँ निर्वाचित भएमा उहाँलाई भेटेर आफ्ना गुनासा सुनाउन आम मतदाताले कति पापड बेल्नुपर्ला ? रानाले भन्नुभयो, “स्थानीयरुपमा...

थारु संस्कृति झल्काउने पाँचौ थारु खिचरा महोत्सवको तयारी शुरु

थारु संस्कृति झल्काउने पाँचौ थारु खिचरा महोत्सवको तयारी शुरु
सन्तकुमार चौधरी चितवन, कात्तिक २८ गते । चितवनमा पाँचौ थारु खिचरा महोत्सवको तयारी भइरहेको छ । प्रत्येक वर्ष पूर्वी चितवनमा आयोजना हुँदैआएको महोत्सव यो पटक पौष २८ गतेदेखि आयोजना हुने तयारी भएको आयोजकले बताएको छ । महोत्सव आयोजना गर्नकालागि थारु कल्याणकारिणी सभा क्षेत्र नं ७ का सभापति नारायण महतोको संयोकत्वमा महोत्सव व्यवस्थापन...