रानाथारु समुदायको वस्तीमा केन्द्रीत हुँदैछ धनगढीको चुनावी प्रचार
अविनाश चौधरी
धनगढी, जेठ १९ गते । धनगढी उपमहानगरपालिकाको प्रमुख (मेयर) निर्वाचनमा रानाथारु समुदायको मतले ठूलो प्रभाव पार्ने भएपछि राजनीतिक दलहरुले आफ्नो चुनावी प्रचार प्रसारलाई रानाथारु समुदायमा केन्द्रित गरेका छन् ।
धनगढी उपमहानगरपालिकाभित्र बसोबास गरिरहेका रानाथारु यहाँको आदिम बासिन्दा हुन् । उनीहरु अधिकांश यहिंकै मतदाता भएकाकारण भोट आफ्नो पक्षमा पार्न दलहरुले रानाथारु...













