निर्वाचन आयोगले भन्यो, ‘निर्वाचनको तयारी अन्तिमचरणमा पुग्यो’
लक्की चौधरी
काठमाडौं, चैत ६ गते । स्थानीय तहको निर्वाचनको तयारीमा जुटेको निर्वाचन आयोगले केन्द्रीयस्तरको तयारी अन्तिम चरणमा पुगेको बताएको छ । आइतबारबाट निर्वाचनका लागि मतपत्र छपाई शुरुभएको आयोगले जानकारी गराएको छ ।
आयोगले तोकिएकै समय आगामी वैशाख ३१ मा निर्वाचन गराउन दृढ संकल्पित रहेको प्रमुख निर्वाचन आयुक्त डा. आयोधीप्रसाद यादवले बताउनुभयो...














