डिजिटल प्रविधिबाट साहित्यिक स्वाद लिनसक्ने प्रविधिको विकास हुँदै
वर्दिया, चैत १० गते । जंग्रार साहित्यिक बखेरी वर्दियाले हालैमात्र दुईवटा साहित्यिक अभियानमुलक कार्यक्रम सम्पन्न गरेको छ । थारु साहित्यको विकासका लागि सो कार्यक्रम गरिएको संस्थाले बताएको छ ।
कार्यक्रम बर्दिया तारातालको मुक्तकमैया बस्ति र सुर्खेतको बिरेन्द्रनगर १०, नयाँगाऊँमा गरिएको थियो । चैत ५ गते तारातालमा गरिएको कार्यक्रममा बखेरीले २०७४ सालभित्र...














