थारु गाउँमा होली पर्व शुरु, आइतबार साँझ चीर दहन सकियो
लक्की चौधरी
धनगढी, फागुन २९ गते । उपत्यकासहित पहाडी क्षेत्रमा आइतबार होली पर्व मनाइए पनि तराईका थारु गाउँमा साँझ चिरदहन कार्यक्रम सम्पन्न भएको छ । तराईमा तीनदिन होली पर्व मनाउने प्रचलन छ ।
थारु बहुल जिल्लामा आइतबार साँझ परम्परागतरुपमा चिरदहन गरी होली पर्वको शुभारम्भ गरिएको छ । स्थानीयरुपमा नजिकको चोकको सडकको बीच...














