अनलाइन र सञ्जालमा जथाभावी लेख्नेलाई कारवाही गर्ने तयारी

अनलाइन र सञ्जालमा जथाभावी लेख्नेलाई कारवाही गर्ने तयारी
काठमाडौं, माघ १८ गते । वरिष्ठ कानूनविद तथा मिडियाकर्मीहरुले नैतिकता नै सबैभन्दा बलियो कानून भएकाले त्यसकै आधारमा सञ्चारकर्मीले समाचार प्रकाशन तथा प्रशारणमा जोड दिनुपर्ने सुझाव दिनुभएको छ । प्रेस काउन्सिल नेपाल र अनलाइन पत्रकार संघको संयुक्त आयोजनामा सोमबार यहाँ आयोजित ‘अनलाइन पत्रकारिता र आचारसंहिता’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँहरुले त्यस्तो सुझाव दिनुभयो...

माग पूरा नहुँदासम्म जारी नाकाबन्दी खुल्दैनः नेता ठाकुर

माग पूरा नहुँदासम्म जारी नाकाबन्दी खुल्दैनः नेता ठाकुर
काठमाडौ, माघ १८ गते । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले आज माघ १८ गते पछि रक्सौल नाका खोल्ने कुरा मनगढन्ते भएको बताउनुभएको छ । उहाँले भन्नुभयो, १८ गतेपछि नाका खुल्छ भन्ने कुरा कहाँबाट आयो हामीलाई थाहा छैन । त्यो मनगढन्ते कुरो हो । नाकाबन्दीको विषयमा मोर्चाको अर्को बैठकमा छलफल...

मुलुकी ऐन २०२० प्रतिस्थापन गर्ने विधेयकमाथि पत्रकारसँग छलफल

मुलुकी ऐन २०२० प्रतिस्थापन गर्ने विधेयकमाथि पत्रकारसँग छलफल
काठमाडौं, माघ १७ गते । वि.सं. १९१० लागु र २०२० सालमा परिमार्जित् मुलुकी ऐन प्रतिस्थापन गर्न प्रस्तावित देवानी र फौजदारी ऐन सम्बन्धी विधेयक २०७१ बारेमा विधायन समितिका सदस्य, व्यवस्थापिका संसद सचिवालयका सदस्य तथा संसदीय पत्रकारबीचको दुई दिने छलफल कार्यक्रम शुरुभएको छ । विधायन समिति तथा संसदीय मामिला पत्रकार समाजको संयुक्त आयोजनामा...

निर्देशिका उल्लंघन गर्नेलाई कारवाही हुन्छः प्रेस काउन्सिल

निर्देशिका उल्लंघन गर्नेलाई कारवाही हुन्छः प्रेस काउन्सिल
काठमाडौं, माघ १७ गते । समाचार सम्प्रेषण गर्दा कतै बालबालिकाको आत्मसम्मानमा चोट त पु¥याउनु भएको छैन ? होस् गर्नुस् । जथाभावी समाचार प्रकाशन तथा प्रशारण गर्दा दण्डको भागीदार हुनुपर्ला । बालबालिकाको अनुकुल सामग्री प्रचारप्रसार गर्न प्रेस काउन्सिल नेपालले बाल सम्वेदनशील पत्रकार निर्देशिका २०७२ जारीगर्ने तयारी गरेको छ । करिब एकवर्ष समय...

परिवर्तन संस्थागत भएमात्र शहिदप्रति सम्मान: राष्ट्रपति भण्डारी

परिवर्तन संस्थागत भएमात्र शहिदप्रति सम्मान: राष्ट्रपति भण्डारी
काठमाडौं, माघ १५ गते । राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सहीदहरुको सम्झना गर्नुहुँदै सहीद दिवस २०७२ को अवसरमा सहीदप्रति श्रद्धासुमन व्यक्त गर्नुभएको छ । माघ १६ गतेलाई सहीद दिवसकोरुपमा हरेक वर्ष मनाउने प्रचलनअनुसार सो अवसरमा स्मरण गर्दै शान्ति, लोकतन्त्र र अहिलेको अग्रगमन सहीदकै त्यागको परिणाम भएको चर्चा गर्नुभएको...

पुतली बगैचामा अरबौं लागतको सरकारी संसद भवन बनाउने तयारी

पुतली बगैचामा अरबौं लागतको सरकारी संसद भवन बनाउने तयारी
काठमाडौं, माघ १४ गते । सरकारको आफ्नै व्यवस्थापिका संसद भवन नहुँदा वार्षिक नौ करोड ६० लाख ९९ हजार ९९९ रुपियाँ भाडाबापत अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई तिर्दैआएको छ । तर संसद भवन निर्माणको प्रक्रिया शुरु भएपछि केही वर्षपछि सो आर्थिकभार सरकारलाई कम हुनेभएको छ । संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईको अध्यक्षतामा गठित व्यवस्थापिका...

हाम्रो राष्ट्रिय एकता खण्डित भएको छैनः राष्ट्रपति भण्डारी

हाम्रो राष्ट्रिय एकता खण्डित भएको छैनः राष्ट्रपति भण्डारी
काठमाडौं, माघ १४ गते । राष्ट्रपति विद्या भण्डारीले मानिसका विचारहरु खण्डित भएपनि राष्ट्रिय एकता खण्डित नभएको बताउनुभएको छ । खण्डित मानसिकतालाई एक गर्न सबै पक्षलाई आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्न उहाँले आग्रह गर्नुभयो । राष्ट्रपतिको सरकारी कार्यालय शितल निवासमा संसदीय विट हेर्ने पत्रकारसँग विहिबार छलफल गर्नुहुँदै राष्ट्रपति भण्डारीले त्यस्तो आग्रह गर्नुभयो...

प्रवक्ताले भन्नुभयो,–‘भट्टराईको नाम हटाउने निर्णय भएको छैन’

प्रवक्ताले भन्नुभयो,–‘भट्टराईको नाम हटाउने निर्णय भएको छैन’
काठमाडौं, माघ १३ गते । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले आमसञ्चार प्रशिक्षण प्रतिष्ठानका सम्बन्धमा सरकारले हालसम्मकुनै निर्णय नगरेको बताउनुभएको छ । नेपाल प्रेस युनियनका पदाधिकारीसँग बुधबार भएको भेटमा रार्इले आमसञ्चार प्रतिष्ठानका बारेमा सार्वजनिक भएजस्तो कुनै निर्णय नभएको बताउनुभयो । ‘बाहिर ठूलो हल्ला र आक्रोस आएको सुन्छु, त्यस्तो रुपमा आउनुपर्ने विषय हो...

संसद बैठक गरेबापत सरकारले वार्षिक नौ करोड ६१ लाख भाडा तिर्छ

संसद बैठक गरेबापत सरकारले वार्षिक नौ करोड ६१ लाख भाडा तिर्छ
काठमाडौं, माघ १३ गते । नयाँ बानेश्वरस्थित व्यवस्थापिका संसद भवन र बैठकका बारेमा तपाईहरु धेरैलाई जानकारी छ होला । तर अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तथा त्यसको हाताभित्र रहेको अन्य कार्यालय र त्यसको आम्दानीको स्रोतका बारेमा सायदै जानकारी होला । एकसय ५४ रोपनी जग्गामा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र हाताभित्र संसद भवनसहित अन्य छ...