थाकसको अमलटारीमा बसेको विस्तारित बैठक भाँडियो, उपलब्धी शुन्य

थाकसको अमलटारीमा बसेको विस्तारित बैठक भाँडियो, उपलब्धी शुन्य
हमार पहुरा डट कम काठमाडौं, पुस २० गते । थारु कल्याणकारिणी सभा (थाकस) र थरुहट थारुवान संयुक्त संघर्ष समिति काठमाडौंको आयोजनामा भएको दुई दिने विस्तारित बैठक उपलब्धीविहिन भएको छ । थरुहट मुद्दामा कार्यगत एकता गरी संघर्षको कार्यक्रम तय गर्ने योजनासाथ शुरुभएको बैठकमा विवाद भएपछि विना उपलब्धी बैठक सकिएको हो । थाकस महामन्त्री...

कपिलबस्तुको हथौसामा बाणगंगा नगरस्तरीय माघी महोत्सव २०७७ को तयारीे

कपिलबस्तुको हथौसामा बाणगंगा नगरस्तरीय माघी महोत्सव २०७७ को तयारीे
कमल चौधरी कपिलबस्तु, पुस १८ गते । थारु समुदायको संस्कृति संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले यस बर्ष पनि बाणगंगा नगरस्तरिय माघी महोत्सव हुनेभएको छ । नेपाली समाजमा छुट्टै पहिचान बनाउन सफल थारु समुदायको महान पर्व माघीको अवसरमा महोत्सव आयोजना गर्न लागिएको थारु कल्याणकारी सभा बाणगंगा नगर सभापति भग्गुप्रसाद थारुले बताउनुभयो । थारु...

आफू कमजोर हुने त्रसित मानसिकता भएकाहरुले पुतला दहन गरेः मन्त्री चौधरी

आफू कमजोर हुने त्रसित मानसिकता भएकाहरुले पुतला दहन गरेः मन्त्री चौधरी
हमार पहुरा डट कम काठमाडौं, पुस १५ गते । श्रम तथा रोजगार मन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य गौरीशंकर चौधरीले आफू मन्त्रीको अवसर पाउँदा कतिपय मानिस आत्तिएर आफ्नो पुतला दहन गरेको टिप्पणी गर्नुभएको छ । नेकपाको काठमाडौंमा उपलब्ध सुदूरपश्चिम स्तरीय भेलामा बुधबार बोल्दै मन्त्री चौधरीले सो टिप्पणी गर्नुभयो ।...

ठगी नियन्त्रण र रोजगारी सिर्जनामा प्राथमिकता दिन्छुः मन्त्री चौधरी

ठगी नियन्त्रण र रोजगारी सिर्जनामा प्राथमिकता दिन्छुः मन्त्री चौधरी
हमार पहुरा डट कम काठमाडौँ, पुस १२ गते । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले स्वदेशमै रोजगारी सिर्जना तथा वैदेशिक रोजगारीमा देखिएको बेथिति अन्त्य नै आफ्नो प्राथमिकता रहेको बताउनुभएको छ । मन्त्रालयमा आज पदबहालीपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले कोभिड–१९ का कारण वैदेशिक रोजगारीमा आएको सङ्कुचन, आन्तरिक श्रम बजारमा देखिएको बेरोजगारीको...

मन्त्रिपरिषद विस्तार, केही मन्त्रालय हेरफेर, गौरीशंकर चौधरीलाई श्रम मन्त्रीको जिम्मेवारी

मन्त्रिपरिषद विस्तार, केही मन्त्रालय हेरफेर, गौरीशंकर चौधरीलाई श्रम मन्त्रीको जिम्मेवारी
हमार पहुरा डट कम काठमाडौं, पुस १० गते । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको हेरफेर र विस्तार गर्नुभएको छ । नवनियुक्त मन्त्रिहरूलार्इ राष्ट्रपति विद्यादेवी भणडारीले शितल निवासमा शुक्रबार साँझ सपथ ग्रहण गराउनु भएको छ । पुनर्गठित मन्त्रिपरिषदमा टोपबहादुर रायमाझी ऊर्जा, जलस्रोत तथा सिँचाइ, मणि थापा खानेपानी तथा सरसफाई, प्रभू साह सहरी विकास...

थारु समुदायको संस्कृति संरक्षणका लागि लोकगीत भिडियो निर्माण गरिने

थारु समुदायको संस्कृति संरक्षणका लागि लोकगीत भिडियो निर्माण गरिने
धिरेन्द्रकुमार चौधरी सुनसरी, पुस १० गते । आदिवासी थारु समुदायको सस्कार र सस्कृती झल्कने पौराणिक लोकगीत समेटेर थारु भिडियो निर्माण हुने भएको छ । समुदायमा लोप हुन लागेको लोकगीतको जगेर्ना गर्ने उद्देश्यले थारु चलचित्र तथा सास्कृतीक संघ सुनसरीले भिडियो निर्माणका लागि कार्य शुरु गरेको हो । बिहीवार संघ सुनसरीले रामधुनिको झुम्कामा सांस्कृतीक...

संयुक्त राष्ट्रसंघको स्वेच्छिक कोषको सल्लाहकारमा देबकुमार सुनुवार मनोनयन

संयुक्त राष्ट्रसंघको स्वेच्छिक कोषको सल्लाहकारमा देबकुमार सुनुवार मनोनयन
हमार पहुरा डट कम काठमाडौं, पुस ७ गते । आदिवासीहरूको लागि संयुक्त राष्ट्रसंघको स्वेच्छिक कोष संचालनका लागि एसिया र प्रशान्त क्षेत्रका आदिवासी जनजातिहरूको प्रतिनिधिको रुपमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इण्डिजिनियस टेलिभिजनका अध्यक्ष देबकुमार सुनुवारलाई सल्लाहकारको रुपमा मनोनयन गर्नुभएको छ । सुनुवारको कार्यकाल सन् २०२१ जनवारीदेखि स्न २०२३ अन्त्यसम्म रहनेछ । २०२१...

आम निर्वाचनको तयारीमा केन्द्रित हुन प्रधानमन्त्री ओलीको सबैमा आव्हान

आम निर्वाचनको तयारीमा केन्द्रित हुन प्रधानमन्त्री ओलीको सबैमा आव्हान
हमार पहुरा डट कम काठमाडौं, पुस ६ गते । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले आगामी वैशाख १७ र २७ गते घोषणा गरेको आम निर्वाचनको तयारीमा जुट्न सबैमा आव्हान गर्नुभएको छ । देशबासीको नाममा आज सोमबार दिउँसो सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सो आव्हान गर्नुभयो । प्रतिकूलताका...

जंग्रार साहित्यिक बखेरीको दशौं वर्षगाँठ, थारु साहित्यिक सम्मेलन सम्पन्न

जंग्रार साहित्यिक बखेरीको दशौं वर्षगाँठ, थारु साहित्यिक सम्मेलन सम्पन्न
हमार पहुरा डट कम वर्दिया, पुस ६ गते । जंग्रार साहित्यिक बखेरीले आफ्नो दशौं वर्षगाँठको अवसरमा बर्दियाको पर्यटकीय केन्द्र ठाकुरद्वारामा थारु साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ । थारु भाषा साहित्य र संस्कृतिको प्रचार प्रचार, विमर्श र संवाद गर्दै संचालित सम्मेलनमा नेपाल संस्कृति विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछाने प्रमुख अतिथि रहनुभएको थियो...

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, २०७८ वैशाख १७ र २७ गते निर्वाचन घोषणा

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, २०७८ वैशाख १७ र २७ गते निर्वाचन घोषणा
हमार पहुरा डट कम काठमाडौं, पुस ५ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय प्रतिनिधिसभा विघटन गर्नुभएको छ । प्रतिनिधिसभाको निर्वाचन २०७८ साल वैशाख १७ गते शुक्रबार पहिलो चरणमा र २०७८ साल वैशाख २७ गते सोमबार दोस्रो चरणमा निर्वाचनको मिति तोक्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले सो घोषणा गर्नुभएको हो । राष्ट्रपति...