वैदेशिक रोजगारबाट फर्केकाको सीप र पूँजी स्वदेशमै लगानी गर्न सुझाव

वैदेशिक रोजगारबाट फर्केकाको सीप र पूँजी स्वदेशमै लगानी गर्न सुझाव
खेमराज खनाल बुटवल, पुस २२ गते । वैदेशिक रोजगारबाट फर्केकाहरुको राष्ट्रिय संजाल रिटर्नी माइग्रेन्ट नेपालको संगठन बिस्तारले तिब्रता लिएको छ । कार्यक्रममा विदेशमा रहँदा सिकेको सीप र पूँजीलाई स्वदेशमा सदुपयोग गर्न सुझाव दिइएको छ । राष्ट्रब्यापी संजाल निर्माण अभियानमा सक्रियताका साथ लागेको उक्त संस्थाको प्रदेश ५ को प्रथम सम्मेलन शनिबार बुटवलमा सम्पन्न...

टुँडीखेलको थारु माघी महोत्सवको उदघाटन प्रधानमन्त्री ओलीले गर्नुहुने

टुँडीखेलको थारु माघी महोत्सवको उदघाटन प्रधानमन्त्री ओलीले गर्नुहुने
काठमाडौं, पुस २० गते । काठमाडौं उपत्यकामा काम विशेषले बसोबास गर्ने थारु समुदायले पुस ३० देखि माघ १ गतेसम्म दुई दिन मनाउने माघी महोत्सव २०७५ को उदघाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने निश्चित भएको छ । थारु कल्याणकारिणीसभा (थाकस) भित्र प्रधानमन्त्रीलाई प्रमुख अतिथि बनाउने या नबनाउने विषयमा लामो बहसपछि अन्ततः सरकारलाई...

रेशम चौधरीको मुद्दा न्यायिक निरुपणबाटै टुङ्गो लाग्छः प्रवक्ता बाँस्कोटा

रेशम चौधरीको मुद्दा न्यायिक निरुपणबाटै टुङ्गो लाग्छः प्रवक्ता बाँस्कोटा
लक्की चौधरी काठमाडौं, पुस २० गते । कैलाली १ बाट भारी मतले निर्वाचित सांसद रेशम चौधरीको मुद्दा अदालतमा रहेकाले अदालतको फैसलाअनुसार नै टुङ्गो लाग्ने सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले बताउनुभएको छ । तर टीकापुर घटनाको दोस्रोदिन भाद्र ८ गते थारुको घर पसलमा भएको आगजानी र अपराधीक घटनामा संलग्नलाई भने सरकारले अहिलेसम्म पक्राउ...

धमाधम कोल्टे फेर्दै थारु नाटक

धमाधम कोल्टे फेर्दै थारु नाटक
रंगमंच ललितकला मध्येको बहुरंगी क्षेत्र हो । संगीत, कलाको समिश्रणबाट अत्यन्त मनोरम ढंगबाट विषयवसतुको प्रस्तुति गरिने भएकोले रंगमंचले हरेक व्यक्तिलाई आकृष्ट गर्दछ । रंगमञ्चले चलचित्र क्षेत्रको आधारभूमिको रुपमा पनि कार्य गर्दछ । विश्व रंगमंचको इतिहासलाई नियालेर हेर्ने हो भनेपनि नाट्य क्षेत्रबाट स्थापित कलाकारहरु नै रंगीन पर्दामा छाएका छन् । साठीको...

काठमाडौं उपत्यकामा यस वर्ष दुई दिने थारु माघी महोत्सव २०७५ को तयारी

काठमाडौं उपत्यकामा यस वर्ष दुई दिने थारु माघी महोत्सव २०७५ को तयारी
काठमाडौं, पुस १७ गते । काठमाडौं उपत्यकामा काम विशेषले बसोबास गर्ने थारु समुदायले हरेक वर्षझैं यस वर्ष पनि पुस ३० र माघ १ गते (दुई दिन) माघी महोत्सव २०७५ टुँडीखेलमा मनाउने तयारी थालेका छन् । महोत्सवको उदघाटन प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट गराउने प्रयास गरिएको आयोजकले बताएको छ । थारु कल्याणकारिणी...

फोनिज अध्यक्ष डण्ड गुरुङद्वारा लिखित पुस्तक ‘निरन्तर नेतृत्व’ विमोचित

फोनिज अध्यक्ष डण्ड गुरुङद्वारा लिखित पुस्तक ‘निरन्तर नेतृत्व’ विमोचित
काठमाडौं, पुस १६ गते । आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) का अध्यक्ष तथा पत्रकार डण्ड गुरुङद्वारा लिखित पुस्तक ‘निरन्तर नेतृत्व’ को एक कार्यक्रमबीच विमोचन भएको छ । पुस्तकको विमोचन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभयो । तमूहरुको चाड ल्होछारको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले सो पुस्तकको विमोचन गर्नुभएको हो । पुस्तक...

कञ्चनपुरको बेलौरीमा पनि तीन दिने थारु माघी महोत्सव २०७५ को तयारी

कञ्चनपुरको बेलौरीमा पनि तीन दिने थारु माघी महोत्सव २०७५ को तयारी
कञ्चनपुर, पुस १४ गते । कञ्चनपुरको बेलौरी नगरपालिकामा थारु संस्कृति जगेर्ना गर्ने उद्देश्यले तीनदिने प्रथम माघी मेला २०७५ को तयारी गरिएको छ । थारु कल्याणकारणी सभा बेलौरी नगर समितिको आयोजना तथा बेलौरी नगरपालिकाको सह आयोजनामा पुस २७ गतेदेखि २९ गतेसम्म बेलौरीको खुला मञ्चमा महोत्सव हुने आयोजकले बताएको छ । ‘थारु एकता हमार...

माघीको अवसरमा घोराहीमा पुस २६ र २७ गते महोत्सव हुने

माघीको अवसरमा घोराहीमा पुस २६ र २७ गते महोत्सव हुने
घोराही, पुस १४ गते । थारू समुदायको मुख्य पर्व माघीको अवसरमा दाङको घोराहीमा दुई दिने प्रदेश स्तरीय माघी महोत्सव २०७५ हुने भएको छ । माघ महिनालाई विशेष पर्वकोरुपमा मनाउने थारु समुदायले ठाउँ ठाउँमा महोत्सवको तयारी गरेको सूचना आइरहेको छ । पुस २६ र २७ गते महोत्सव आयोजना गर्न लागिएको महोत्सवलाई भव्य बनाउन...

प्राकृतिक स्रोत साधनमाथिको आदिबासी जनजातिको अधिकार कुण्ठित गरिदै

प्राकृतिक स्रोत साधनमाथिको आदिबासी जनजातिको अधिकार कुण्ठित गरिदै
लक्की चौधरी काठमाडौं, पुस १३ गते । प्राकृतिक स्रोतसाधनमा आदिबासी जनजाति तथा स्थानीयको पहुँच बनाउनमा राज्य उदासिन रहेको भन्दै आदिबासी जनजातिका अगुवा तथा सरोकारवाला पक्षले गुनासो गरेका छन् । सानो समयमा नयाँ कानूनको निर्माण धमाधम हुनेक्रममा रहेकाबेला सम्बन्धित पक्षसँग परामर्श र छलफल नगरी ती वर्गको अधिकार कुण्ठित गर्ने प्रयास गरिएको टिप्पणी...

तमु सञ्चारकर्मी संघ नेपालले गर्यो सातजना पत्रकारलाई सम्मानित

तमु सञ्चारकर्मी संघ नेपालले गर्यो सातजना पत्रकारलाई सम्मानित
काठमाडौं, पुस १३ गते । आदिबासी समुदायको हकअधिकार, भाषा संस्कृतिको उत्थानमा योगदान दिएको भन्दै तमु (गुरुङ) सञ्चारकर्मी संघ, नेपालले सातजना आदिबासी पत्रकारलाई सम्मानित गरेको छ । तमु (गुरुङ) ल्होसार २०७५ को अवसरमा संघले पत्रकारलाई सम्मानित गरेको अध्यक्ष रविन गुरुङले बताउनुभयो । टुँडीखेलमा शुक्रबार आयोजित कार्यक्रमबीच पत्रकारलाई गुरुङ संस्कृतिको पगडी लगाइदिएर नगद...