समाचार
थारु युवा सभाको नेतृत्व विकास तालिम सम्पन्न, तालिम सफल भएको विश्वास
थारु युवाहरुलाई काठमाडौंमा भेला गरेर तीनदिने नेतृत्व विकास तालिम
काठमाडौं, माघ २५ गते । देशभर छरिएर रहेका युवाहरुलाई काठमाडौंमा भेला पारेर नेतृत्व विकास तालिम दिन शुरु गरिएको छ । थारु कल्याणकारिणीसभाको भातृ संगठन थारु युवा सभाको आयोजनामा विहिबारदेखि शनिबारसम्म ३ दिने सो तालिम जारी रहने युवा सभाका अध्यक्ष कानूनलाल चौधरीले बताउनुभयो ।
थारु कल्याणकारिणीसभाको मध्ये बानेश्वरस्थित हलमा शुरुभएको तालिमको समापन...
कीर्तिपुरको सिमानामा पर्ने भिराडिल पार्कमा जापानी साकुराको वृक्षारोपण
काठमाडौ, माघ १९ गते । चन्द्रागिरी नगरपालिका (चनपा) १५ स्थित कीर्तिपुरको सिमानामा पर्ने भिराडिल पार्क क्षेत्रमा जापानबाट ल्याइएको ५० बोट साकुरा प्रजातिको विरुवाको शनिबार वृक्षारोपण गरिएको छ ।
काठमाडौं क्षेत्र नं. ९ का प्रतिनिधिसभाका सांसद कृष्णगोपाल श्रेष्ठ र नेपालका लागि जापानी कार्यबाहक राजदूत योशिका युजोको समुपस्थितिमा सो वृक्षारोपण गरिएको हो ।...
लक्की शेर्पाले किन दिइन् पदबाट राजीनामा ? (विज्ञप्तीको पूर्ण पाठसहित)
काठमाडौं, माघ १८ गते । केही समयदेखि विवादमा तानिएकी अष्ट्रेलियाका लागि नेपालका राजदूत लक्की शेर्पाले शुक्रबार पदबाट राजीनामा दिएकी छिन् । विहिबार मात्रै अष्ट्रेलियाबाट स्वदेश फर्किएकी उनले वक्तव्य जारी गरेर पदबाट राजीनामा घोषणा गरेकी हुन् ।
हेर्नुहोस् जारी वक्तव्यको पूर्णपाठ
आदरणीय पत्रकार साथीहरु,
जिम्मेवारीको हिसाबले अष्टेलियाको लागि नेपाली राजदुतको जिम्मेवारीमा रहेको हुँदा मेरो...
दुई जना आदिबासी जनजाति पत्रकार चाम्लिङ राई र मिलन तमु सम्मानित
काठमाडौं, माघ १५ गते । पत्रकारिता पेशामा क्रियाशील दुई आदिबासी जनजाति पत्रकार मंगलबार एक कार्यक्रमकाबीच सम्मानित हुनुभएको छ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले दुवै पत्रकारलाई नगदसहित सम्मानित गर्नुभयो ।
गोरखापत्र दैनिकका सहसम्पादक राजेश जाम्लिङ राईलाई नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (युके) शाखाद्वारा स्थापित फोनिज युके २०१८ द्वारा सम्मानित...
मासुजन्य जनावर नपाले जरिवाना हुने मिर्छुलुङ सामुदायिक होमस्टे
लक्की चौधरी
भिमाद (तनहुँ), माघ १२ गते । मिर्छुलुङ सामुदायिक होमस्टे । जहाँ हरेक घरमा बंगुर, खसी र कुखुरा नपाले जरिवाना तिर्नुपर्छ । स्थानीय उत्पादनमै आत्मनिर्भर मिर्छुलुङबासीका लागि त्यही जरिवानाले मनग्य आम्दानी गराएको छ ।
तनहुँको भिमाद नगरपालिका ५ स्थित मगरगाउँमा स्थापना गरिएको होमस्टे अहिले स्थानीयको घरगुजाराको राम्रो सहारा बनेको छ ।...
थारु आयोगको अध्यक्षमा पूर्व आपूर्ति राज्यमन्त्री विष्णुप्रसादको नाम सिफारिस
काठमाडौं, माघ ६ गते । संवैधानिक परिषदको बैठकले पाँचवटा आयोगका अध्यक्षहरुको नाम आइतबार सिफारिस गरेको छ । थारु आयोगको अध्यक्षमा पूर्व आपूर्ति राज्यमन्त्री विष्णुप्रसाद चौधरी (वर्दिया) को नाम सिफारिस भएको छ ।
वर्दिया निवासी चौधरी तत्कालिन माओवादीका नेता हुन् । अहिले नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य रहेका चौधरीको नाम आयोग अध्यक्षकालागि...
गलत सामाजिक मूल्य र मान्यताको सुधार गर्दै जानुपर्छः सांसद राई
काठमाडौं, माघ १ गते । गत पुस २५ गते उपचारको क्रममा निधन हुनुभएकी ७५ वर्षिया लक्ष्मी राईलाई श्रद्धाञ्जलि दिन उहाँकी छोरी उषाकला राई तथा ज्वाइँ पूर्व कानून मन्त्री शेरबहादुर तामाङको जोरपाटीस्थित घरमा पुग्दा छोरी उषाकला राई किरियामा बस्नुभएको थियो ।
प्रदेश नं. १ बाट प्रदेश सांसद रहनुभएकी राईको आमा लक्ष्मीराईको निधन...
उपत्यकामा माघी महोत्सवको रमझम, विगतकोजस्तो सहभागिता देखिएन
काठमाडौं, माघ १ गते । उपत्यकामा बासोबास गर्ने थारु समुदायले यसवर्ष पनि माघी महोत्सवको आयोजना गरेका छन् । हरेक वर्ष टुँडीखेलमा महोत्सव आयोजना गर्दैआएका थारुले यसपल्ट चावहिल चोकभन्दा करिब दुई किलोमिटर टाढाको चुच्चेपाटी मैदानमा महोत्सव आयोजना गरे ।
मगर समुदायले टुँडीखेल ओगटेपछि थारुहरु अन्तिम समयमा आएर चुच्चेपाटीमा महोत्सवको आयोजना गरेका थिए...














