कीर्तिपुरको सिमानामा पर्ने भिराडिल पार्कमा जापानी साकुराको वृक्षारोपण
काठमाडौ, माघ १९ गते । चन्द्रागिरी नगरपालिका (चनपा) १५ स्थित कीर्तिपुरको सिमानामा पर्ने भिराडिल पार्क क्षेत्रमा जापानबाट ल्याइएको ५० बोट साकुरा प्रजातिको विरुवाको शनिबार वृक्षारोपण गरिएको छ ।
काठमाडौं क्षेत्र नं. ९ का प्रतिनिधिसभाका सांसद कृष्णगोपाल श्रेष्ठ र नेपालका लागि जापानी कार्यबाहक राजदूत योशिका युजोको समुपस्थितिमा सो वृक्षारोपण गरिएको हो ।...














