उपत्यकाका थारुले शुरुगरे थारु माघी महोत्सव २०७४ को तयारी
लक्की चौधरी
काठमाडौ, मंसिर १२ गते । हरेक वर्षजस्तै यस वर्ष पनि उपत्यकामा काम विशेषले बसोबास गर्ने थारु समुदायले माघी महोत्सव २०७४ मनाउने तयारी गरेका छन् । टुँडीखेलमा मनाउने एक दिने माघी महोत्सवकालागि मैदान बुकिङ्गको दुई समूहले छुट्टाछुट्टै पत्र दर्ता गराएका छन् ।
थारु कल्याणकारिणी सभा (थाकस) उपत्यका समिति र थारु विद्यार्थी...














