स्वेच्छीकरुपमा सदस्यता त्याग गर्न पत्रकार महासंघको अपिल

स्वेच्छीकरुपमा सदस्यता त्याग गर्न पत्रकार महासंघको अपिल
हमार पहुरा डट कम काठमाडौं, माघ २० गते । नेपाल पत्रकार महासंघले लामो समयदेखि महासंघको सदस्यता कायम रहेको तर पत्रकारिता क्षेत्रमा सक्रियता नरहेकाहरुलाई स्वेच्छिकरुपमा सदस्यता त्यागको आग्रह गरेको छ । महासंघको गत पुस ८ र ९ गते सुर्खेतमा सम्पन्न केन्द्रीय साधारणसभाले शुद्धिकरणको अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । सो साधारणसभाले महासचिव...

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ
हमार पहुरा डट कम धनगढी, माघ १९ गते । ट्रयाक्टर जलाएको मुद्दामा फरार सूचीमा रहनुभएका कैलाली –२ बाट निर्वाचित सांसद अरुणकुमार चौधरी पक्राउ पर्नुभएको छ । आज उहाँ पक्राउ पर्नुभएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले पुष्टि गर्नुभयो । ‘उहाँ पक्राउ परिसक्नु भएको छ, तर यहाँ होइन, अन्यत्र...

एसईई परीक्षा आगामी चैत १७ देखि २९ गतेसम्म सञ्चालन हुने

एसईई परीक्षा आगामी चैत १७ देखि २९ गतेसम्म सञ्चालन हुने
हमार पहुरा डट कम काडमाडौं, माघ १४ गते । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत १७ देखि सञ्चालन गर्ने निर्णय गरेको छ । बोर्डले आज गरेको सार्वजनिक तालिका अनुसार परीक्षा १७ गते शुरु भएर २९ गते सम्पन्न हुनेछ । बोर्डको माघ ११ गते बसेको बैठकले परीक्षा तालिकाबारे...

सरकारलाई समर्थन गरे पनि गठबन्धनमा छैनौं : उन्मुक्ति अध्यक्ष श्रेष्ठ

सरकारलाई समर्थन गरे पनि गठबन्धनमा छैनौं : उन्मुक्ति अध्यक्ष श्रेष्ठ
हमार पहुरा डट कम घोराही, माघ ११ गते । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले वर्तमान सरकारलाई समर्थन रहे पनि आफुहरु गठबन्धन दलभित्र नरहेको बताउनुभएको छ । लुम्विनी प्रदेशमा हुन थालेको राष्ट्रिय सभाको उपनिर्वाचनको उम्मेदवारी दर्ताका क्रममा बुधवार घोराही आउनुभएकी अध्यक्ष श्रेष्ठले त्यस्तो बताउनुभएको हो । सत्ता साझेदार दलमा नभएका कारण...

तिलासंक्राइतको अवसरमा झुम्कामा थारू सांस्कृतिक कार्यक्रम

तिलासंक्राइतको अवसरमा झुम्कामा थारू सांस्कृतिक कार्यक्रम
झुम्का, माघ ७ गते । थारु सांस्कृतिक पहिचान झल्काउने र प्रचार प्रसार गर्ने उद्देश्यसाथ रामधुनी नगरपालिका झुम्काको जितमहान चोकमा तिलासंक्राइत कार्यक्रम सम्पन्न भएको छ । मौलिक पर्व तिलासंक्राइत माघीको अवसरमा थारु महिला उत्थान समाज र मेगा डिजिटल रेकर्डिङ स्टुडियोको संयुक्त आयोजनामा सम्पन्न भएको हो । तिलासंक्राइत माघी पर्वमा मिठा परिकार, नयाँ...

सरकारमा दुई जना थारू क्याबिनेट मन्त्रीको जम्मेवारीमा

सरकारमा दुई जना थारू क्याबिनेट मन्त्रीको जम्मेवारीमा
हमार पहुरा डट कम काठमाडौं, माघ ३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा दुई जना थारू क्याविनेट मन्त्रीको जिम्मेवारी प्राप्त गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले आज मंगलबार मन्त्रिपरिषद विस्तार गर्नुभएपछि दुई जना मन्त्रीको जिम्मेवारी प्राप्त गर्नुभएको हो । मन्त्रिरिषदमा नेकपा (एमाले) बाट भगवती चौधरी (सुनसरी) लाई महिला, बालबालिका तथा ज्येष्ठ...

उपत्यकामा बस्ने थारु समुदायले टुँडीखेलमा मनाए माघी महोत्सव

उपत्यकामा बस्ने थारु समुदायले टुँडीखेलमा मनाए माघी महोत्सव
हमार पहुरा डट कम काठमाडौं, माघ १ गते । नयाँ वर्षको रुपमा उल्लासमय रुपले मनाउने माघी महोत्सव यस वर्ष पनि उपत्यकामा बसोबास गर्ने थारु समुदायले मनाएका छन् । विहान झाँकी प्रदर्शन गर्दै शुरु भएको माघी महोत्सवको उदघाटन थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले गर्नुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड महोत्सवको उदघाटन गर्ने भनिएको...

थारु ‘माघ लहान’ र आशीर्वाद

थारु ‘माघ लहान’ र आशीर्वाद
थारु समुदायको सबैभन्दा ठूलो पर्व हो ‘माघ’ । यसलाई ‘माघ, माघी, खिचरा, तिला सङ्क्राइत, माघे सङ्क्रान्ति’ पनि भनिन्छ । पूर्वका थारुले ‘तिला सङ्क्राइत’ भन्छन् । बीच (कपिलवस्तु–चितवन) का थारुले खिचरा पर्व भन्छन् । दाङ पश्चिमका थारुले माघ भन्छन् । पश्चिम कञ्चनपुरदेखि पूर्वको झापासम्म तराईको जिल्लामा थारुहरुको बसोबास छ । त्यहीभएर...

सुनसरीको झुम्कामा थारु तिला संक्राइत कार्यक्रमको भव्य तयारी

सुनसरीको झुम्कामा थारु तिला संक्राइत कार्यक्रमको भव्य तयारी
हमार पहुरा डट कम सुनसरी, पुस २९ गते । सुनसरीको झुम्कामा तिला संक्राइत कार्यक्रम हुनेभएको छ । माघ १ गते हुने कार्यक्रममा थारु पहिरन, भेषभुषा, खानाका परिकार तथा थारु परम्परागत नृत्य प्रदर्शन गरिने आयोजकले जनाएको छ । थारु महिला उत्थान समाज र थारु मेगा रेकर्डिङ स्टुडियो झुम्का सुनसरीको संयुक्त आयोजनामा हुने महोत्सवमा...

थारू माघी महोत्सव २०७९ हुँदै, प्रधानमन्त्री प्रचण्डले उदघाटन गर्ने

थारू माघी महोत्सव २०७९ हुँदै, प्रधानमन्त्री प्रचण्डले उदघाटन गर्ने
हमार पहुरा डट कम काठमाडौं, पुस २७ गते । उपत्यकामा काम विशेषले बस्ने थारू समुदायले दुई दिने थारू माघी महोत्सव २०७९ मनाउने भएका छन् । पुस ३० र माघ १ गते टुँडीखेलमा हुने महोत्सवको उदघाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्नुहुनेछ । थारु राष्ट्रिय माघी महोत्सव २०७९ मूल आयोजक समिति, काठमाडौंको आयोजनामा...