प्रधानमन्त्री प्रचण्डले डा. बाबुरामलाई समय दिएनन, बालुवाटारमा धर्ना

प्रधानमन्त्री प्रचण्डले डा. बाबुरामलाई समय दिएनन, बालुवाटारमा धर्ना
काठमाडौं, भदौ २३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ शक्ति नेपालका केही आंगिक तथा भातृ संगठनहरुले संयुक्तरुपमा बुझाउन लागेको ज्ञापनपत्र बुझ्ने समय नदिएपछि नयाँ शक्ति जंगीएको छ । समय नदिएको भन्दै सो पार्टी आवद्ध संस्थाले विहीबार बिहान बालुवाटारमा धर्ना दिएका छन् । बाढीपीडितलाई तत्काल राहत दे, भूकम्पपीडितलाई पुनर्स्थापना गर, बढ्दो...

पार्टी फुट्ने अवस्थामा पुगेपछि गच्छदार मन्त्री पठाउन तयार भए

पार्टी फुट्ने अवस्थामा पुगेपछि गच्छदार मन्त्री पठाउन तयार भए
काठमाडौं, भाद्र २२ गते । मधेसी जनअधिकार फोरम लोकतान्त्रिक अन्ततः प्रचण्ड सरकारमा जाने भएको छ । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणपछि दुई मन्त्री र दुई राज्यमन्त्रीलाई पार्र्टीको तर्फबाट पठाउने तयारी सो दलले गरेको छ । सरकारमा जाने विषयलाई लिएर पार्टी नै फुट्न सम्भावना बढेपछि अध्यक्ष विजयकुमार गच्छदार मन्त्री पठाउन तयार भएका हुन्...

एमाले नेताहरु चन्द्रागिरी केवलकारमा सरर, विकासमा टेवापुग्ने

एमाले नेताहरु चन्द्रागिरी केवलकारमा सरर, विकासमा टेवापुग्ने
काठमाण्डौं, भाद्र २२ गते। नेकपा एमालेका नेताहरु बुधबार थानकोटस्थित केबुलकार अवलोकन गरेका छन् । अध्यक्षसहित उपाध्यक्ष, सचिवसम्मका नेताहरु केबुलकार चढेका थिए । पार्टीका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले पर्यटन क्षेत्रको विकासका लागि एकीकृत योजना आवश्यक रहेको बताएका छन् । चन्द्रागिरीमा केबुलकार चढेपछि आयोजित कार्यक्रममा अध्यक्ष ओलीले भने– पर्यटन क्षेत्रको विकासका लागि...

सुन्धाराको सिटिसी मलमा भाद्र ३१ गते मोबाइल एक्स्पो शुरुहुने

सुन्धाराको सिटिसी मलमा भाद्र ३१ गते मोबाइल एक्स्पो शुरुहुने
काठमाडौं, भाद्र २२ गते । सुन्धारास्थित सिटिसी मल मुलुककै ठूलो मोबाइल हबकारुपमा सञ्चालनमा आएको छ । सिटिसी मोबाइल बजार व्यवस्थापनले नयाँ अवधारणसहित तीन, चार, पाँच र छैठौं तल्लामा ग्राहकका लागि सुविधासम्पन्न मोबाइल बजार स्थापना गरेको हो । सिटिसी मोबाईल बजारमा सबै किसिममा मोबाइल, सर्भिस सेन्टर तथा मोबाइलकालागि चाहिने सबै किसिमका सामानहरु...

थारु बहुल क्षेत्रको क्लष्टरलाई टुक्रयाउन नहुने थारु अगुवाहरुको माग

थारु बहुल क्षेत्रको क्लष्टरलाई टुक्रयाउन नहुने थारु अगुवाहरुको माग
काठमाडौं, भाद्र २२ गते । स्थानीय तहको पुनरसंरचना सम्बन्धी दाङ्को देउखुरीस्थित लमहीमा बुधबार थारु अगुवाहरुबीच अन्तरक्रिया भएको छ । थारु समुदायका अगुवाले थारु क्लष्टरलाई न टुक्र्याउनेगरी स्थानीय तहको संरचना गर्न माग गरेका छन् । लमहीमा भएको कार्यक्रमपछि कार्यक्रमबारे जानकारी गराउँदै सांसद गंगा थारुले लमहीमा आयोगले प्रस्ताव गरेको दुईवटा स्थानीयतह अपर्याप्त भएकाले कम्तिमा...

नेता पोखरेलको अभिव्यक्तिप्रति मधेसीको आपत्ति, पुतला दहन

नेता पोखरेलको अभिव्यक्तिप्रति मधेसीको आपत्ति, पुतला दहन
काठमाडौं, भाद्र २२ गते । नेकपा (एमाले) का नेता शंकर पोखरेलको ट्वीटमा दिएको अभिव्यक्तिको विरोधमा रौतहट सदरमुकाम गौरमा मधेसी मोर्चाले प्रदर्शन गरेको छ। मोर्चा संबद्ध कार्यकर्ताले नेता पोख्रेलको पुत्ला दहन गरेको बताइएको छ । संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष रामनिवास यादवले मधेसी जनतालाई नेता पोख्रेलको अभिव्यक्तिले अपमान गरेकोले बिरोध गरिएको...

सांसद दहित अस्वस्थ, अस्पतालमै बस्न चिकित्सकको सुझाव

सांसद दहित अस्वस्थ, अस्पतालमै बस्न चिकित्सकको सुझाव
काठमाडौं, भाद्र २२ गते । थरुहट तराई पार्टी नेपालका वरिष्ठ नेता तथा सांसद गोपाल दहित अस्वस्थ हुनुभएपछि बल्खुस्थित बयोद्धा अस्पतालमा भर्ना हुनुभएको छ । उहाँको पिसाव नलीमा समस्या देखिएपछि अस्पताल राख्नुपरेको परिवारिक सदस्यले बताउनु भएको छ । “शुक्रबारसम्म हेरौं, सुधार भइहाल्यो भने ठीक छ, नभए अपरेशन गर्न पनि हुनसक्छ” चिकित्सकले बताएको...

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कार दुर्घटना, चालकको मृत्यु

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कार दुर्घटना, चालकको मृत्यु
भाद्र २२ गते । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको कार दुर्घटनाग्रस्त हुँदा चालकको घटनास्थलमा मृत्यु भएको छ । दुर्घटनामा राष्ट्रपति पुटिनका चालकको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। राष्ट्रपति पुटिनको बीएमडब्ल्यू कार दुर्घटनामा परेको हो। मस्कोको व्यस्त सडकमा उनको कार विपरीत दिशाबाट आइरहेको अर्को कारसँग ठोक्किएको थियो। दुर्घटनाको समय राष्ट्रपति पुटिन उक्त...

गच्छदारको पार्टीमा तिब्र विवाद, गच्छदारलाई एकहप्ते अल्टिमेटम

गच्छदारको पार्टीमा तिब्र विवाद, गच्छदारलाई एकहप्ते अल्टिमेटम
काठमाडौं, भाद्र २० गते । कांग्रेस–माओवादी गठबन्धनको सरकारमा जाने–नजाने विषयलाई लिएर मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) भित्र कडा विवाद शुरुभएको छ । व्यवस्थापिका–संसदमा १४ जना सांसद रहेको सो पार्टीका अध्यक्ष विजयकुमार गच्छदार सरकारमा आफू नजाने भएपछि अरुलाई पनि पठाउने नपठाउने विषयमा अन्यौलमा हुनुहुन्छ । उपप्रधानमन्त्रीसहितको मन्त्रालय खोजेका गच्छदारले सो नपाएपछि सरकारमा सहभागी...

संसद समितिले भन्यो, ‘पत्रकारलाई न्यूनतम पारिश्रमिक तत्काल देऊ’

संसद समितिले भन्यो, ‘पत्रकारलाई न्यूनतम पारिश्रमिक तत्काल देऊ’
काठमाडौं, भाद्र २० गते । व्यवस्थापिका संसदअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले श्रमजीवी पत्रकारलाई न्यूनतम पारिश्रमिक उपलब्ध नगराउने सञ्चारमाध्यमलाई सरकारबाट दिइने सुविधा उपलब्ध नगराउन सञ्चार मन्त्रालयलाई निर्देश गरेको छ । समितिको सोमबार सिंहदरवारमा बसेको बैठकले सरोकारवाला पक्षहरुसँग छलफल गर्दै त्यस्तो निर्देश गरेको हो । श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा अटेर गर्ने सञ्चारमाध्यमलाई...