थारु अष्टिम्की पर्व २०७३ लाई सेलाउँदा जे देखियो (फोटो फिचर)

थारु अष्टिम्की पर्व २०७३ लाई सेलाउँदा जे देखियो (फोटो फिचर)
सन्तोष दहित/दाङ हरेक वर्ष कृष्ण जन्माअष्टमीको दिन मनाउदै आएका थारु समुदायका महिलाहरु यस वर्ष पनि निकै उल्लासमय र धुमधामका साथ अष्टिम्की मनाए । थारु समुदायका महिलाहरुले अष्टिम्की पर्वलाई महान पर्वकोरुपमा मनाउँदै आएका छन् । दुई दिनसम्म ब्रत बसेर मनाउँदै आएको अष्टिम्की शुक्रबार सकिएको छ । यस वर्ष मैले हेकुली ८, हेकुली...

सोचेकाअनुसार मन्त्रालय नदिएकाले सरकारमा जाँदैनौंः गच्छदार

सोचेकाअनुसार मन्त्रालय नदिएकाले सरकारमा जाँदैनौंः गच्छदार
काठमाडौं, भाद्र १० गते । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले मन्त्री नियुक्त हुन बाँकी मन्त्रालयहरु ‘आकर्षक’ नभएकाले अब अब सरकारमा सहभागी नहुने प्रष्ट पार्नुभएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले आकर्षक मन्त्रालय विना सरकारमा जाँदा पार्टीको अपमान हुने बताउनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चौथोपटक मन्त्रिपरिषद्...

न्यूनतम पारिश्रमिक दिन महासंघको माग, तीनजना पत्रकार पुरस्कृत

न्यूनतम पारिश्रमिक दिन महासंघको माग, तीनजना पत्रकार पुरस्कृत
काठमाडौं, भाद्र १० गते । नेपाल पत्रकार महासंघले सूचनाको हक प्रयोग गरेर समाचार लेख्ने चारजना उत्कृष्ट पत्रकारलाई शुक्रबार यहाँ पुरस्कृत गरेको छ ।  महासंघको केन्द्रीय कार्यालय सञ्चारग्राममा आयोजित एक कार्यक्रममा ५० जना समाचारमध्ये उत्कृष्ट चारजनालाई छानेर पुरस्कृत गरेको हो । सूचनाको हकलाई मुख्य विषय बनाएर महासंघले समाचार लेख्न लगाएको थियो...

कृषिमन्त्री चौधरीलाई थाकस कैलालीले बुझायो पाँचबुँदे ज्ञापनपत्र

कृषिमन्त्री चौधरीलाई थाकस कैलालीले बुझायो पाँचबुँदे ज्ञापनपत्र
राम दहित धनगढी, भाद १० गते । थारु कल्याणकारिणी सभा कैलालीले कृषिमन्त्री गौरीशंकर चौधरीलाई विभिन्न माग राख्दै शुक्रवार धनगढीमा पाँचवुँदे ज्ञापनपत्र बुझाएको छ । सभाले मन्त्री चौधरीलाई स्वागत तथा बधाई कार्यक्रम आयोजना गरी ज्ञापनपत्र बुझाएको हो । कार्यक्रममा मन्त्री चौधरी पाँचवुँदे ज्ञापनपत्र बुझ्दै कार्यन्वयन गराउनमा आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । पाँचबुँदे...

कैलालीको थारुसमुदायमा अष्टिम्की र गैरथारुमा गौरापर्वको रौनक

कैलालीको थारुसमुदायमा अष्टिम्की र गैरथारुमा गौरापर्वको रौनक
अविनाश चौधरी धनगढी, भदौ ९ गते । कैलालीमा थारु समुदायमा अष्टिम्की र पहाडिया समुदायमा गौरापर्वको रौनक बढेको छ । यहाँ बसोबास गर्ने पहाडी समुदायले गौरा र थारु समुदायले अष्टिम्की पर्व छुट्टाछुट्टैरुपमा मनाइरहेका छन् । दुवै पर्व व्रत बसेर मनाउने चलन छ । बिहीवार कृष्णाजन्माष्टमीका दिन गौरा र अष्टिम्की पर्वको चहलपहल निकै बढेको...

श्रीकृष्ण जन्मष्टीलाई थारु समुदायमा अष्टिम्कीकोरुपमा भव्य मनाइँदै

श्रीकृष्ण जन्मष्टीलाई थारु समुदायमा अष्टिम्कीकोरुपमा भव्य मनाइँदै
काठमाडौं, भाद्र ९ गते । थारु समुदायमा श्रीकृष्ण जन्मष्टमीलाई अष्टिम्कीकोरुपमा धुमधामका साथ मनाइँदैछ । खासगरी यो पर्वलाई महिलाले व्रत बसेर मनाउने गरेपनि पुरुषले पनि व्रत बसेर यो पर्व मनाउने प्रचलन थारु समुदायमा छ । श्रीकृष्ण भगवानको जन्मस्मरणमा मनाइने यस पर्वलाई हिन्दू धर्मावलम्बीहरुले विशेष पर्वकोरुपमा मनाउँछन् । थारु समुदायमा श्रीकृष्णलाई कान्हा, कन्हैया...

कृषि आधुनिकिकरण परियोजना कैलालीबाट सुरुहुन्छः मन्त्री चौधरी

कृषि आधुनिकिकरण परियोजना कैलालीबाट सुरुहुन्छः मन्त्री चौधरी
राम दहित धनगढी, भदौ ८ गते । कृषिमन्त्री गौरीशंकर चौधरीले कृषि आधुनिकीकरण परियोजनाको संचालन कैलालीबाट शुरुगर्ने तयारी भइरहेको बताउनुभएको छ । पब्लिक मिडिया क्लबद्धारा बुधवार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा परियोजनाले कृषि क्षेत्रको विकासमा ठूलो टेवा पु¥याउने मन्त्री चौधरीले उल्लेख गर्दै सो परियाजनाको शुरुवात कैलालीबाट चाँडै हुने बताउनु भएको हो । मन्त्री चौधरीले प्रधानमन्त्री...

आउने संशोधनको प्रस्ताव हेरेर सहयोग गर्ने नगर्ने तय हुन्छः एमाले

आउने संशोधनको प्रस्ताव हेरेर सहयोग गर्ने नगर्ने तय हुन्छः एमाले
काठमाडौं, भाद्र ८ गते । नेकपा (एमाले) ले संविधान संशोधन नेपालको आन्तरिक विषय भएपनि विदेशी भूमिमा गएर त्यस विषयमा छलफल गरिनु आपत्तिजनक भएको बताएको छ । ‘आन्तरिक विषयलाई बाहिर लैजानु अवाञ्छित बाह््य चासो निम्त्याउने त्रुटीपूर्ण काम हो’ एमालेले भनेको छ । पार्टी मुख्यालय धुम्बाराहीमा बुधबार पत्रकार सम्मेलन गरी एमालेले त्यस्तो आरोप...

टीकापुर पुरानै अवस्थामा फर्काउन स्थानीयबाट प्रयास भइरहेको छ

टीकापुर पुरानै अवस्थामा फर्काउन स्थानीयबाट प्रयास भइरहेको छ
टीकापुर, भाद्र ८ गते । एकवर्ष अघि भाद्र ७ गते भएको टीकापुर घटनापछि थारु र गैरथारुबीच बढेको मनमुतावलाई सामान्य बनाउन प्रयास सरकार र राजनीतिकदलबाट नभएपछि स्थानीयरुपमा अवस्था सामान्य बनाउने प्रयास भइरहेको छ । एक नाबालकसहित आठजना सुरक्षाकर्मीको ज्यान गएको टीकापुर हिंसात्मक घटना घटेको एकवर्ष पूरा भएको छ। गत भदौ ७ गते...

थारुमाथिको विभेदका कारण टीकापुर घटना घटेको होः लाहुर्निप

थारुमाथिको विभेदका कारण टीकापुर घटना घटेको होः लाहुर्निप
काठमाडौं, भाद्र ७ गते । गत भाद्र ७ गते भएको टीकापुर घटनाबारे आदिबासीहरुको मानवअधिकार सम्बन्धी वकिल समूह (लाहुर्निप) र सो घटनामा केन्द्रीत रही प्रकाशित संगालो पुस्तक मंगलबार काठमाडौंमा एकसाथ सार्वजनिक भएको छ । लाहुर्निपद्वारा आयोजित कार्यक्रममा समाजशास्त्री डा. कृष्ण भट्टचन, सांसद गोपाल दहितले संयुक्तरुपमा पुस्तक सार्वजनिक गर्नुभयो । प्रतिवेदनमा सो संस्थाले...