तराई मधेसको घटनाबारे बुझ्न लालको संयोजकत्वमा आयोग गठन

तराई मधेसको घटनाबारे बुझ्न लालको संयोजकत्वमा आयोग गठन
काठमाडौं, भाद्र २ गते । मन्त्रिपरिषद्को विहिबार बसेको बैठकले तराई– मधेश आन्दोलनका क्रममा क्षति भएको निजी तथा राष्ट्रिय सम्पत्तिको तथ्य सङ्कलन एवम् छानबिन गर्न पूर्व न्यायाधीश गिरीशचन्द्रलाल दासको अध्यक्षतामा सात सदस्यीय आयोग गठन गरेको   छ । सोही आन्दोलनका क्रममा मृत्यु भएका ४१ जना आन्दोलनकारी तथा ११ जना सुरक्षाकर्मी गरी ५२...

थारुलाई मात्र किन लाग्छ सिकलसेल एनिमिया, के हो खासकारण ?

थारुलाई मात्र किन लाग्छ सिकलसेल एनिमिया, के हो खासकारण ?
काठमाडौं, भाद्र २ गते । मानव रगतमा पाइने रातो गोलाकार रक्तकणिकाको स्वरुप परिवर्तन भई हाँसियाजस्तै आकारमा रुपान्तरण हुने रक्तअल्पता सम्बन्धी रोगलाई सिकलसेल एनिमिया भनिन्छ । सिकलसेल एनिमिया भएका बिरामीहरुको गोलाकार रक्तकणिकाहरू छिटोछिटो नष्टभई रक्तसञ्चारमा अवरोध उत्पन्न हुन्छ, जसलेगर्दा विरामीको रगतमा अक्सिजनको कमी हुनगई शरीरका विभिन्न भित्री अंगहरुमा नोक्सानी पुग्नुकासाथै मस्तिष्कमा...

सर्वोच्चले सोध्यो, मुक्त कमैयालाई काठ किन उपलब्ध गराइएन ?

सर्वोच्चले सोध्यो, मुक्त कमैयालाई काठ किन उपलब्ध गराइएन ?
काठमाडौं, भाद्र १ गते । तत्कालिन सरकारले मुक्त कमैया पुनरस्थापनाका लागि दिने भनिएको ३५ क्यू.फिट काठ सरकारले उपलब्ध नगराएपछि सर्वोच्च अदालतले त्यसको बारेमा भएगरेको प्रगति विवरणसहित भाद्र १२ गते जानकारी दिन सरकारलाई अन्तरिम आदेश गरेको छ । तत्कालिन सरकारले पुनस्र्थापना सम्बन्धी गठन आदेश २०६३ मा मुक्त कमैया परिवारलाई ३५ क्यु.फिट काठ...

स्थानीयतहको संख्या ५६५ नै किन सिफारिस गर्यो त आयोगले ?

स्थानीयतहको संख्या ५६५ नै किन सिफारिस गर्यो त आयोगले ?
काठमाडौं, भाद्र १ गते । गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमा निर्धारण आयोग, नाम जति लामो भएपनि यो आयोगको आयु चाहिँ एकवर्ष मात्रै हो । आउने फागुन मसान्तमा आयोगको आयु सकिदैछ । यद्यपि जिल्ला समितिलाई दिइएको प्रतिवेदन बुझाउने समय साउन मसान्तमा सकिएपछि दलीय सहमतिमा पन्ध्रदिनका...

संकटमा दाङको थारु संग्रहालय, आएको बजेट पनि फ्रिज भयो

संकटमा दाङको थारु संग्रहालय, आएको बजेट पनि फ्रिज भयो
सन्तोष दहित घोराही, भाद्र १ गते । थारु समुदायको पहिचान झल्काउन स्थापना गरिएको दाङको एकमात्र संग्रहालय संकटमा परेको छ । सातवर्ष अघि घोराही २ पनौरामा स्थापना गरिएको थारु सांस्कृतिक संग्रहालयमा राजनीतिक विवाद भएपछि संकटमा परेको हो । २०६६ मा स्थापना गरिएको संग्रहालय केही वर्षसम्म सञ्चालनमा आएको थियो । स्थापनासंगै देशको विभिन्न ठाउँ...

सकारात्मक समाचारलाई प्राथमिकता दिन मन्त्री कार्कीको आग्रह

सकारात्मक समाचारलाई प्राथमिकता दिन मन्त्री कार्कीको आग्रह
काठमाडौं, साउन ३२ गते । नवनियुक्त सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले सनसनी मच्चाउने नाममा नकारात्मक समाचारलाई प्राथमिकता नदिन मिडियाकर्मीहरुसँग आग्रह गर्नुभएको छ । नेपाल पत्रकार महासंघले मंगलबार यहाँ आयोजना गरेको शुभकामना तथा बधाई कार्यक्रममा मन्त्री कार्कीले त्यस्तो आग्रह गर्नुभयो । “नेपाली पत्रकारिता नकारत्मक समाचारले भरिएको छ, विहान उठेर अखबार हेर्दा दिमाग...

अब धनगढीमै ठूलो लगानीको थारु होमस्टे सञ्चालनको तयारीमा

अब धनगढीमै ठूलो लगानीको थारु होमस्टे सञ्चालनको तयारीमा
राम दहित धनगढी, साउन ३२ गते । धनगढी उपमहानगरपालिका–१४ बंगरामा ठूलो लगानीको थारु होमस्टे एण्ड रिसोर्ट सञ्चालनको तयारी भएको   छ । बंगराका स्थानीय यूवा दिनेश चौधरीको निजी स्वामित्वमा थारु समुदायको रहनसहन, कला, संस्कृति, भेषभुषा, खानपान, सुविधाजनक बासस्थान लगायतको व्यवस्था रहेको होमस्टे सञ्चालनको तयारीमा पुगेको छ । धनगढी गुरहीचौक (क्याम्पस चौक) बाट...

कैलालीके जाँई गाउँमे थारु हरेरीपूजा महोत्सव हुुइना (थारु भाषा)

कैलालीके जाँई गाउँमे थारु हरेरीपूजा महोत्सव हुुइना (थारु भाषा)
राम दहित धनगढी, साउन ३२ गते । धनगढी उपमहानगरपालिका–५ जाई गाउँमे थारु हरेरी महोत्सव २०७३ हुुइना हुइल बा । भाषा, संस्कृति, कला, भेष, भुुषा हमार पहिचान, हरेरी महोत्सव मनैना सक्कुु किसानन्के अभियान’कना मुल नाराकेसाथ यिहे भदौ ३ गतेसे ५ गतेसम हरेरी महोत्सव हुुइना बतागिल बा । थारु समुदायसे धान बालीमे लग्ना रोगव्याधि...

कैलालीका थारुको स्थानीयतह पुनरसंरचना प्रतिवेदनप्रति आपत्ति

कैलालीका थारुको स्थानीयतह पुनरसंरचना प्रतिवेदनप्रति आपत्ति
तस्विरः प्रेम चौधरी, धनगढी अविनाश चौधरी धनगढी, साउन ३१ गते । संघीय सीमाङ्कनको विषयलाई लिएर आन्दोलन गर्दै आएको थरुहट÷थारुवान संयुक्त संघर्ष समिति कैलालीले स्थानीयतह पुनः संरचनाप्रति आपत्ति जनाएको छ । सोमवार धनगढीमा पत्रकार सम्मेलन गरी थरुहटले संघीय संरचना सीमाङ्कनको विषय टुङ्गोमा नलगाई स्थानीय तह पुनःसंरचना गर्नु समस्या झन बल्झाउने षडयन्त्र रहेको बताएको छ...

काभ्रे र बैतडीमा बस दुर्घटना, काभ्रेमा ३२ र वैतडीमा चारजनाको मृत्यु

काभ्रे र बैतडीमा बस दुर्घटना, काभ्रेमा ३२ र वैतडीमा चारजनाको मृत्यु
काठमाडौं, साउन ३१ गते । काभ्रेको विर्ता देउराली र बैतडीको बृन्दाबनमा भएको बस दुर्घटनामा परी अहिलेसम्म ३६ जनाको ज्यान गएको खबर छ । काभ्रेमा ३२ र बैतडीमा ४ जनाको ज्यान गएको प्रहरी कार्यालयले जानकारी गराएको छ । काभ्रेको देउराली गाविसमा यात्रु बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।...