धार्मिक पर्यटकीय सम्भावना बोकेको सुनसरीको चर्चित मन्दिर रामधुनी
सुनसरी जिल्लाको रामधुनी नगरपालिका ४ प्रकाशपुरको जंगलको मध्यक्षेत्रमा अवस्थित धार्मिक पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो रामधुनी धार्मिकस्थल । जहाँ हरेक रामनवमीको दिन ठूलो मेला लाग्ने गर्छ । झुम्काबजारबाट करिब ७ किलोमिटर उत्तरमा रहेको सो क्षेत्रमा त्रेतायुगदेखि रामधुनीस्थल रहेको छ ।
भगवान रामचन्द्र वनवास गएकाबेला सुनसरीको पवित्र सो क्षेत्रमा आएर एकरात बास...














