थारु गाउँमा माघीडेवानी शुरु, धमाधम भलमन्सा छाँनिदै
लक्की चौधरी
धनगढी, माघ २ गते । धनगढी उपमहानगरपालिका –५, जाइँगाउँका थारुहरु एकाविहानै भलमन्साको घरमा जम्मा भए । भलमन्साको घरमा मानिसको भिड देखेर छरछिमेकका गैरथारु समुदायले केही घटना घट्यो कि भनेर अड्कल काटे । तर त्यहाँ कुनै नराम्रो घटना थिएन । बडघर (भलमन्सा) छान्न आइतबार विहान ८ बजे नै गाउँघरका सदस्यहरु...














