थारु पत्रकार संघ बाँके अध्यक्षमा भगतराम चौधरी निर्वाचित
नेपालगञ्ज, साउन ५ गते । थारु पत्रकार संघ, नेपाल बाँके शाखाको अध्यक्षमा भगतराम चौधरी निर्वाचित भएका छन् । शनिबार भएको जिल्लाको तेस्रो अधिवेशनबाट चौधरी तीन वर्षका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।
त्यस्तै, संघको उपाध्यक्षमा अन्जु चौधरी, सचिवमा सुलोचना चौधरी, सहसचिवमा कृष्ण चौधरी, कोषाध्यक्षमा शम्भु थारु निर्वाचित भएका छन् । सोहीअनुसार...














