जन्मकैद फैसलामा पुनरविचार नगरिए बाँकेका थारुले आन्दोलन गर्ने
भगतराम थारु
नेपालगञ्ज, चैत २ गते । रेशम चौधरी लगायत ११ जनाको जन्मकैदमा पुनरविचार नगरिए कडा आन्दोलनमा उत्रिने थारु कल्याणकारिणीसभा (थाकस) बाँकेले चेतावनी दिएको छ ।
जिल्ला कार्य समिति बा“केको आयोजनामा शनिवार कोहलपुरमा आयोजित बृहत भेलाले सो चेतावनी दिएको हो । थारु कल्याणकारिणी सभा बाँकेका अध्यक्ष विनोद थारुको संयोजत्वमा भएको बृहत छलफलमा...














