दाङमा थारु कलाकारहरुको बृहत सांस्कृतिक कार्यक्रम गर्ने तयारी
नविन चौधरी
दाङ, कात्तिक २९ गते । दाङका थारु कलाकर्मीहरुले आगामी मंसिर २ गते घोराही उपमहानगरपालिका–१४ झिङगौरामा बृहत सांस्कृतिक कार्यक्रम गर्ने भएकाछन् ।
गायक शालिकराम चौधरीको अध्यक्षतामा बसेको थारु कलाकर्मीहरुको बैठकले सो कार्यक्रम गर्ने निर्णय गरेको हो । थारु कलाकार संघ दाङको आयोजनामा हुने कार्यक्रममा दाङका सबै कलाकर्मीहरुको सहभागिता तथा बेजोड प्रस्तुती...














