विजयकुमार गच्छदारलाई चित्तवनबाट एक पत्रकारको खुल्लापत्र
आदरणी नेताज्यू,
सबैभन्दा पहिले अभिवादन छ । सायद तपाईले मलाई चिन्नुहुन्न । भीडमा एक दुईपटक मात्रै भेटिएका मान्छेहरुलाई अक्सर मैले पनि चिन्न सक्दिन । तपाईले पनि चिन्नैपर्छ भन्ने छैन । झण्डै चारवर्ष अघि भैरहवामा आयोजना गरिएको एउटा कार्यक्रममा तपाईसँग मेरो भेट भएको हो । भेटको क्रममा करिब २० मिनेट तपाईसँग कुरा...














