ट्रकको ठक्करले चौधरीको घटनास्थलमै ज्यान गयो

ट्रकको ठक्करले चौधरीको घटनास्थलमै ज्यान गयो
धनगढी, चैत ८ गते । धनगढीको मिलन चौक नजिक सोमबार भारतीय ट्रकको ठक्करबाट स्कुटर सवार दीपक चौधरीको घटनास्थलमै ज्यान गएको छ । घटनामा अर्का एक व्यक्ति घाइते भएका छन् । दिउँसो टीएन ५२ ए ६९७९ नम्बरको ट्रकले म १ प ९६५४ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । ट्रकको ठक्करबाट स्कुटर चालक...

नेपाल पत्रकार महासंघलाई संघीय ढाँचामा लग्ने तयारी

नेपाल पत्रकार महासंघलाई संघीय ढाँचामा लग्ने तयारी
काठमाडौं, चैत ७ गते । देश संघीय संरचनामा गएपछि नेपाल पत्रकार महासंघको संरचनालाई पनि संघीय ढाँचामा लग्नेगरी महासंघले विधान संशोधनको तयारी गरेको छ । महासंघले आइतबार केन्द्रीय कार्यालयमा बैठक डाकेर विधान संशोधन गर्ने कि पुनरलेखन गर्ने भन्ने विषयमा सरोकारवाला पक्षहरुसँग परामर्श गरेको छ । नयाँ संविधानअनुसार मुलुक नयाँ संरचनामा प्रवेश गरेकाले...

कार्यबाहक प्रधानमन्त्रीमा पुनः विजयकुमार गच्छदार

कार्यबाहक प्रधानमन्त्रीमा पुनः विजयकुमार गच्छदार
काठमाडौं, चैत ७ गते । प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी चीन भ्रमणमा आइतबार प्रस्थान गर्नुभएपछि देशको कार्यबाहक प्रधानमन्त्रीकोरुपमा पुनः विजकुमार गच्छदार तोकिनुभएको छ । यसअघि भारत भ्रमणको बेलामा पनि उहाँ छ दिनकालागि कार्यबाहक प्रधानमन्त्री हुनुभएको थियो । उपप्रधान तथा भौतिक पूर्वाधार एवं यातायात मन्त्रीको जिम्मेवारीमा रहनुभएका गच्छदारलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको...

दलबलसहित प्रधानमन्त्री ओली चीन भ्रमणका लागि प्रस्थान

दलबलसहित प्रधानमन्त्री ओली चीन भ्रमणका लागि प्रस्थान
काठमाडौँ, चैत ७ गते । प्रधानमन्त्री केपी शर्मा ओली जनगणतन्त्र चीनका प्रधानमन्त्री ली खछयाङको निमन्त्रणामा आज बिहान त्यसतर्फ प्रस्थान गर्नुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिले बिदाइ गर्नुभएको थियो । प्रधानमन्त्रीका साथ उहाँकी धर्मपत्नी राधिका...

माग सुनुवाई नभए आन्दोलन गर्ने हरुवा चरुवाको चेतावनी

माग सुनुवाई नभए आन्दोलन गर्ने हरुवा चरुवाको चेतावनी
काठमाडौं, चैत ५ गते । पुनस्र्थापनाको माग गर्दै काठमाडौंमा आई विभिन्न मन्त्रालयमा ज्ञापनपत्र बुझाएका हरुवा चरुवा समुदायले माग सुनुवाई नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् । पुनस्र्थापनाका लागि आवश्यक बजेट पारिदिन मागगर्दै हरुवा चरुवाका प्रतिनिधिमण्डलले राष्ट्रिय योजना आयोगका सदस्य बिजय कुवँरलाई उहाँकै कार्यकक्षमा भेटेको छ । मञ्चका अध्यक्ष मण्डलले आफूहरुको नाममा नेपालमा...

थारुमाथि एसिड प्रहारकर्ता मिश्रा फरार, प्रहरी भन्छ खोजी जारी छ

थारुमाथि एसिड प्रहारकर्ता मिश्रा फरार, प्रहरी भन्छ खोजी जारी छ
नेपालगञ्ज, चैत ५ गते । दाङको घोराहीमा ३५ वर्षीया रिता चौधरी थारुलाई एसिड प्रहार गर्ने मुख्य अभियुक्त बद्रीविशाल मिश्रा रहेको प्रहरीको ठहर छ । मिश्राको खोजीकार्य जारी रहेको भएपनि मिश्रा सीमा पार गएको प्रहरीहरुको अनुमान छ । फागुन २७ गते साँझ ७ बजे दाङको घोराही नगरपालिका–२ स्थित प्रहरी स्कुल नजिकै किराना...

अब गा.वि.स. सचिवलाई मोटरसाईकल चढ्ने सुविधा

अब गा.वि.स. सचिवलाई मोटरसाईकल चढ्ने सुविधा
काठमाडौं, चैत ५ गते । मोटरबाटो पुगेका गाविसका सचिवले अब मोटर साईकल चढ्न पाउने भएका छन् । गाविस सचिवले धेरै काम गर्नुपर्ने भएकाले उनीहरुलाई यातायातको सुविधा दिन लागेको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता सहसचिव पूर्णचन्द्र भट्टराईका अनुसार मोटरबाटो पुगेको गा.वि.स. सचिवलाई २ लाख ५० हजारसम्म मोटर...

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
काठमाण्डौं, चैत ५ गते । प्रधानमन्त्री केपीशर्मा ओली र नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाबीच शुक्रबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । भेटवार्तामा प्रधानमन्त्री ओलीले आफ्नो चैत ७ देखि १४ गतेसम्म हुन गइरहेको चीन भ्रमणको एजेण्डाबारेमा जानकारी गराउनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले बताउनुभयो । नेता देउवाले उहाँलाई चीन...

निजी कम्पनीको इन्धन आपूर्ति अनुमति रद्द

निजी कम्पनीको इन्धन आपूर्ति अनुमति रद्द
काठमाडौं, चैत ४ गते । इन्धन आपूर्ति तथा ढुवानीमा कालोबजारी भएको समाचार व्यापकरुपमा आएपछि सरकारले नेपाल आयल निगम बाहेक अन्य निजी पेट्रोलियम आयात कम्पनी कसैलाई पनि इन्धन आपूर्ति गर्न नदिने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहिबार बसेको मन्त्रीपरिषदको बैठकले त्यस्तो निर्णयगर्दै आयल निगमलाई मात्र इन्धन आपूर्ति गर्न दिने...

मुक्त कमलरीलाई शैक्षिक सामग्रीसहित छात्रबृत्ति वितरण

मुक्त कमलरीलाई शैक्षिक सामग्रीसहित छात्रबृत्ति वितरण
दाङ, चैत ४ गते । नेपाल आदिवासी जनजाति महासङ्घ केन्द्रीय समितिले दाङको देउखुरीस्थित वाल जनता उच्च माध्यमिक विद्यालयमा अध्ययनरत मुक्त कम्लरी बालिकालाई बुधवार दुई लाख रुपैयाँको शैक्षिक सामग्री र छात्रवृत्ति सहयोग प्रदान गरेको छ । ३८ जना मुक्त कम्लरीलाई एक, एक थान विद्यालय पोसाक र झोला प्रदान गरिएको महासंघले बताएको छ...