मौलाउँदो भ्रष्टाचार
आजभोली सञ्चारमाध्यममा भ्रष्टाचारको सवालले प्रमुख स्थान पाउन थालेको छ । नुनदेखि सुनसम्म र नीति निर्माता देखि नीति कार्यान्वयनका तहसम्म भ्रष्टाचार हुनेगरेको तथ्य देखिन थालेको छ । उच्च पदस्थ कर्मचारी तथा नेताहरुबाटै नीतिगतरुपमै भ्रष्टाचार गर्ने गराउने परम्परा व्याप्त देखिन्छ । भ्रष्टाचार निवारण गर्नकालागि निर्माण भएका कानुन र सोही बमोजिम भ्रष्टाचारका मुद्दामा...