शासन व्यवस्थालाई सिकलसेल होस

शासन व्यवस्थालाई सिकलसेल होस
दी न्यु योर्क टाइम्सको जुन १३ को ‘दी वर्ल्ड कुड एन्ड एडस इफ इट ट्राइड’ शीर्षकको सम्पादकीयमा राजनीतिक इच्छाशक्ति हुने हो भने औषधि र प्रविधिको विकासका कारण अब संसारलाई केही वर्षमा एडस मुक्त बनाउन सकिनेछ भन्ने उल्लेख गरिएको छ । एडसले बीसौं शताब्दीको अन्तिम दशकतिर संसारलाई नराम्ररी तर्साएको थियो ।...

संघीयता कार्यान्यन र माघ सात

संघीयता कार्यान्यन र माघ सात
तत्कालिन संविधानसभा नयाँ बानेश्वरबाट २०७२ असोज ३ गते साँझ ५ बजे नयाँ संविधान जारी भएसँगै संविधानसभा स्वतः व्यवस्थापिका संसदमा रुपान्तरित भयो । रुपान्तरित संसदको समयावधि ०७४ माघ ७ गते सम्म छ । सो समयभित्र नयाँ संविधानले व्यवस्था गरेका सबै तहको निर्वाचन सम्पन्न गरिसक्नुपर्छ । त्यो अवधि पूराहुन अझै उन्नाइस महिना...

संसदीय मर्यादाका कुरा !

संसदीय मर्यादाका कुरा !
बजेटको सूचना चुहावटको विषयलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अहिले संसदीय मर्यादाको हावाला दिंदै ‘चियाको कपमा तुफान ल्याउने’ प्रयास गर्दैछ । जेठ १५ गते अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आ.व. ०७३÷०७४ को बजेट प्रस्तुत गर्नुपूर्व अखबारमा बजेटबारेको सूचना चुहिएको आरोप कांग्रेसको छ । संसदीय मर्यादाको उल्लंघन भएको भन्दै सो दलले जेठ १७...

क्रिकेटमा धनगढीको मलजल

क्रिकेटमा धनगढीको मलजल
विषय प्रवेश अहिले नेपाली क्रिकेट संघ (क्यान) विवादमा फसेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले राजनीति भएको भन्दै क्यानलाई आफ्नो सदस्यबाट निलम्बन गरेपछि नेपाली क्रिकेटको भविष्य के हुने हो ? सर्वत्र चासोको विषय बनेको छ । र, बन्नु पनि स्वभाविक हो । यसले नेपाली क्रिकेट प्रेमीहरुलाई निराश बनाएको छ ।...

चौतारीको अधिवेशनः उठ्नुपर्ने मुद्दा

चौतारीको अधिवेशनः उठ्नुपर्ने मुद्दा
प्रेस चौतारी नेपालको आठौं राष्ट्रिय अधिवेशन विहिबारबाट शुरुभएको छ । पचहत्तरै जिल्लाका करिब सातसय पत्रकार काठमाडौंको खाल्डोमा जमघट भएका छन् । पत्रकार आफ्नैलागि रणनीति र कार्यनीति बनाउनमा व्यस्तछन् । अघिपछि अरुकालागि बोल्ने, लेख्ने र वकालत गर्ने पत्रकार अहिले आफ्नै हकहित र पेशा व्यवसायबारे चिन्तन–मनन् गर्दैछन् । पत्रकारको जिवन नै अचम्मको...

हामी फुटे आन्दोलन उठ्दैन

हामी फुटे आन्दोलन उठ्दैन
२०७२ साउन २७ गतेबाट उठेको थरुहट÷थारुवान आन्दोलन नेपाली जनताहरुको अपार साथ सर्मथन र सहयोगले उत्कर्षमा पुग्यो । आत्मसम्मान, पहिचान, न्याय, अधिकारकालागि थरुहट तराईमा उर्लिएको जनसागरलाई जबर्जस्त नेपाल सरकार गृहप्रशासनले बुट, लाठी, अश्रुग्ँयास, बन्दूक प्रयोग गर्दै दबाउन खोज्दा कैलाली टीकापुरमा अनपेक्षित घटना घट्यो । यही घटना पश्चात थरुहट आन्दोलन बिस्तारै सेलाएको...

सुनुवाईको गोलचक्कर !

सुनुवाईको गोलचक्कर !
संसदीय सुनुवाई समिति अहिले आफ्नै सुनुवाईको गोलचक्करमा छ । संवैधानिक अङ्गका प्रमुख तथा उपप्रमुखहरुको नियुक्ती अघि नै संवैधानिक परिषदको सिफारिसमा व्यवस्थापिका संसद अन्तर्गतको संसदीय सुनुवाई समितिमा सुनुवाई हुनुपर्ने संवैधानिक व्यवस्था छ । नयाँ संविधानको धारा २९२ अनुसार ‘सुनुवाई प्रयोजनका लागि संघीय संसदका दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रियसभा) का सदस्यहरु...

वागमति, ढलमती र हाम्रो सभ्यता

वागमति, ढलमती र हाम्रो सभ्यता
कोठाको एउटा कुनामा एउटा ठूलो करुवाको मुख फुटेर अलपत्र अबस्थामा देखेँ । करुवालाई उचाले । हातमा लिएर सफा गर्न थाले । करुवा धुलोले देख्न चिन्न नसक्ने भएको थियो । करुवालाई सफा गर्दै मनमनै सोच्न थालेँ । यती ठूलो करुवा के काममा प्रयोग गर्ने गरेको थियो  होला ? सायद कुनै विशिष्ट...

यसैगरी हुँदोरहेछ सृजना !

यसैगरी हुँदोरहेछ सृजना !
कोठामा छोरा ‘आकाश’ एक्लै गुनगुनाइ रहेको थियो । कोठासँगै जोडिएको बाथरुममा म भाँडा मस्काइरहेकी थिएँ । के गरिरहेछ, कोसँग कुरा गरिरहेछ भनेर हात पखालेर हेर्छु ‘ऊ त मातृभाषाको कविता पो पढिरहेछ ।’ गोरखापत्रमा हरेकदिन मातृभाषाको दुईपृष्ठ प्रकाशन हुन्छ । हाम्रो मातृभाषा पश्चिमा डंगौराथारु । महिनाको दुईपटक मातृभाषाको खुराक पढ्न पाइन्छ...

लोप हुँदैछन् थारु लोककथा

लोप हुँदैछन् थारु लोककथा
अलिखितरुपमा कण्ठकै आधारमा भनिने कथाहरु नै लोककथा हुन् । थारुमा यसलाई ‘बटकुही’ भनिन्छ । यसमा सृजनात्मकता हुन्छ । श्रृङ्गारिकता हुन्छ । लयात्मकता र सुमधुररस समिश्रण हुन्छ । लोककथाहरु ग्रामीण परिवेशमा प्रायः हरेक पूर्खाका जनजीव्रोमा झुण्डिएका हुन्छन् । तर यी कथाहरु मात्र मौखिक गाथाकारुपमा सीमित छन् । अर्थात् लोककथाहरु अहिले मौखिक...