स्थानीयतहको संख्या ५६५ नै किन सिफारिस गर्यो त आयोगले ?

स्थानीयतहको संख्या ५६५ नै किन सिफारिस गर्यो त आयोगले ?
काठमाडौं, भाद्र १ गते । गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमा निर्धारण आयोग, नाम जति लामो भएपनि यो आयोगको आयु चाहिँ एकवर्ष मात्रै हो । आउने फागुन मसान्तमा आयोगको आयु सकिदैछ । यद्यपि जिल्ला समितिलाई दिइएको प्रतिवेदन बुझाउने समय साउन मसान्तमा सकिएपछि दलीय सहमतिमा पन्ध्रदिनका...

सकारात्मक समाचारलाई प्राथमिकता दिन मन्त्री कार्कीको आग्रह

सकारात्मक समाचारलाई प्राथमिकता दिन मन्त्री कार्कीको आग्रह
काठमाडौं, साउन ३२ गते । नवनियुक्त सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले सनसनी मच्चाउने नाममा नकारात्मक समाचारलाई प्राथमिकता नदिन मिडियाकर्मीहरुसँग आग्रह गर्नुभएको छ । नेपाल पत्रकार महासंघले मंगलबार यहाँ आयोजना गरेको शुभकामना तथा बधाई कार्यक्रममा मन्त्री कार्कीले त्यस्तो आग्रह गर्नुभयो । “नेपाली पत्रकारिता नकारत्मक समाचारले भरिएको छ, विहान उठेर अखबार हेर्दा दिमाग...

अब धनगढीमै ठूलो लगानीको थारु होमस्टे सञ्चालनको तयारीमा

अब धनगढीमै ठूलो लगानीको थारु होमस्टे सञ्चालनको तयारीमा
राम दहित धनगढी, साउन ३२ गते । धनगढी उपमहानगरपालिका–१४ बंगरामा ठूलो लगानीको थारु होमस्टे एण्ड रिसोर्ट सञ्चालनको तयारी भएको   छ । बंगराका स्थानीय यूवा दिनेश चौधरीको निजी स्वामित्वमा थारु समुदायको रहनसहन, कला, संस्कृति, भेषभुषा, खानपान, सुविधाजनक बासस्थान लगायतको व्यवस्था रहेको होमस्टे सञ्चालनको तयारीमा पुगेको छ । धनगढी गुरहीचौक (क्याम्पस चौक) बाट...

काभ्रे र बैतडीमा बस दुर्घटना, काभ्रेमा ३२ र वैतडीमा चारजनाको मृत्यु

काभ्रे र बैतडीमा बस दुर्घटना, काभ्रेमा ३२ र वैतडीमा चारजनाको मृत्यु
काठमाडौं, साउन ३१ गते । काभ्रेको विर्ता देउराली र बैतडीको बृन्दाबनमा भएको बस दुर्घटनामा परी अहिलेसम्म ३६ जनाको ज्यान गएको खबर छ । काभ्रेमा ३२ र बैतडीमा ४ जनाको ज्यान गएको प्रहरी कार्यालयले जानकारी गराएको छ । काभ्रेको देउराली गाविसमा यात्रु बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।...

पत्रकार चौधरीमाथि आक्रमणको सञ्चारसम्बद्ध संस्थाबाट भत्र्सना

पत्रकार चौधरीमाथि आक्रमणको सञ्चारसम्बद्ध संस्थाबाट भत्र्सना
काठमाडौं, साउन ३१ गते । समाचार संकलनका क्रममा टेलिभिजन पत्रकार किशोर चौधरीमाथि प्रहरीद्वारा आइतबार गरिएको आक्रमणको नेपाल पत्रकार महासंघसहित सञ्चार सम्बद्ध संघ संस्थाहरुले आपत्ति प्रकट गरेका छन् । नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनको भृकुटीमण्डपमा समाचार संकलनका क्रममा एभिन्यूज टेलीभिजनमा कार्यरत पत्रकार चौधरीलाई सुरक्षाकर्मीले घेराबन्दीमा राखेर लाठी प्रहार गरेका थिए ।...

पत्रकारले महासंघ टोलीसँग भने, ‘अरुभन्दा पत्रकारबाटै थ्रेट छ’

पत्रकारले महासंघ टोलीसँग भने, ‘अरुभन्दा पत्रकारबाटै थ्रेट छ’
लक्की चौधरी कञ्चनपुर, साउन २९ गते । मध्य र सुदूरपश्चिमका भारतीय सीमासँग जोडिएका जिल्लाका पत्रकारले सुरक्षाको प्रमुख थ्रेट आन्तरिक रहेको बताएका छन् । पत्रकार स्वयम् पत्रकारबाटै बढी थ्रेटमा रहनेगरेको पत्रकारको बुझाई छ । नेपाल पत्रकार महासंघको केन्द्रीय मिसनटोली चारदिने अभियान लिएर विहिबारदेखि पश्चिम नेपालको तराईका जिल्लामा छलफल गरिरहेको छ । मिसनटोलीसँग अधिकांश...

मनोरञ्जन क्षेत्रमा कार्यरत महिला मजदुरहरुले पारिश्रमिक पाएनन्

मनोरञ्जन क्षेत्रमा कार्यरत महिला मजदुरहरुले पारिश्रमिक पाएनन्
काठमाडौं, साउन २९ गते । अनौपचारिक तथा मनोरन्जन क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुले आफूहरुले अहिलेसम्म पनि सञ्चालकबाट न्यूनतम पारिश्रमिक पनि नपाएको गुनासो गरेका छन् । पारिश्रमिकको कुरा गरयो भने साहुले उल्टै गालिगर्ने, गरेको उनीहरुको भनाई छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा यहाँ आयोजित महिलाकानिम्ति महिला मञ्च नेपालले आयोजना गरेको निर्वाहमूखि ज्याला विषयक...

प्रचण्ड नेतृत्वको सरकार लिखितम म्यादी सरकार होः अध्यक्ष ओली

प्रचण्ड नेतृत्वको सरकार लिखितम म्यादी सरकार होः अध्यक्ष ओली
काठमाडौं, साउन २६ गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक र राजनीतिक रिक्तता खडा गरेर मुलुकलाई अर्को द्वण्द्वतिर लग्ने षडयन्त्र भइरहेको बताउनुभएको छ । प्रेस चौतारी नेपालको आयोजनामा बुधबार एमाले मुख्यालय धुम्बाराहीमा आयोजित अन्तरसंवाद कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री ओलीले त्यस्तो बताउनुहुँदै वर्तमान सरकार आफ्नो विवेकले...

सिमांकन प्रतिवेदन भदौभित्र कार्यान्वयन हुनुपर्छः निर्वाचन आयोग

सिमांकन प्रतिवेदन भदौभित्र कार्यान्वयन हुनुपर्छः निर्वाचन आयोग
काठमाडौं, साउन २५ गते । प्रमुख दलसहित चौतर्फी स्थानीय तहको सिंमाकन सम्बन्धी आयोगको प्रारम्भिक खाकामाथि विरोध आइरहेका बेला निर्वाचन आयोगले भने मंसिरभित्र स्थानीय निर्वाचन गराउन भदौभित्र आयोगको प्रतिवेदन कार्यान्वयनमा आइसक्नुपर्ने बताएको छ । तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न भदौ भित्र सीमाकंन आयोगको प्रतिवेदन कार्यान्वयन भइसक्नुपर्छ निर्वाचन आयोगले भनेको छ। आयोगले मंगलबार सरोकारवालासँग...

पहिचान स्थापितभएको आदिबासीले महशुस गरेमात्र एकता: प्रचण्ड (तस्विरसहित)

पहिचान स्थापितभएको आदिबासीले महशुस गरेमात्र एकता: प्रचण्ड (तस्विरसहित)
काठमाडौं, साउन २५ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आदीबासी समुदायले नयाँ संविधानमा पहिचान स्थापित भएको महुशस नगर्दासम्म एकता कायम हुन नसक्ने बताउनुभएको छ । विश्व आदिबासी दिवसको अवसरमा आदिबासी जनजाति महासंघले मंगलबार यहाँ आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले त्यस्तो बताउनुभयो । उहाँले संविधान संशोधन गरेर...