थाकसको मानक भाषा वहस ६ सम्पन्न, व्यवहारिक पक्षलाई ध्यान दिन सुझाव
हमार पहुरा डट कम
काठमाडौं, असोज १० गते । थारु कल्याणकारिणी सभा (थाकस) को छैठौं थारु मानक भाषा वहस आज शनिबार सम्पन्न भएको छ । वहसमा विज्ञहरुले सैद्धान्तिक पक्षमा मात्र नगएर व्यवहारिक पक्षलाई पनि ध्यान दिएर साझा थारु मानक भाषा बनाउन सुझाव दिनुभयो ।
थारु समुदाय तराईका जिल्लामा छरिएर रहेको र स्थानअनुसार...














