समाचार
गच्छदारको पार्टी एकीकरण ढिलाईले भानुराम चौधरीलाई फाइदा !
काठमाडौं, असोज ५ गते । पार्टी एकीकरण भएको एक वर्ष पुग्नै लाग्दासमेत विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम काँग्रेसमा समायोजन नभएपछि गच्छदारका साथमा रहेका नेताहरु आत्तिएर पुरानै घरमा फर्किने तयारी गरेका छन् ।
पुरानो पार्टीलाई भानुराम थारु नेतृत्वको समूहले व्यूँताएपछि कांग्रेसमा नअटाएका नेताहरुलाई सो पार्टीमा फर्किन सहज हुने भएको छ ।...
थारुलाई न्यून पदक ! के थारुहरु मानपदवी पदक पाउन सक्षम छैनन् ?
काठमाडौं, असोज ४ गते । चौथो संविधान दिवसको अवसरमा गृहमन्त्रालयले विभिन्न क्षेत्रमा योगदान दिएकाहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट मानपदवी, पदक र अलङ्कार प्रदान गर्ने व्यक्तिहरुको नाम सार्वजनिक गरेको छ ।
गृहमन्त्रालयले बुधबार सार्वजनिक गरेको सूचनामा तीनजना मात्र थारु पदवी प्राप्त गर्ने सूचीमा समेटिएका छन् । विभिन्न क्षेत्रका गरी ५०७ जना मध्ये...
नेकपाकी सचेतक शान्ता चौधरी किन भइन् एकाएक टु्ँडीखेलमै वेहास्
काठमाडौँ, असोज ३ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की संसदीय दलकी सचेतक शान्ता चौधरी संविधान दिवसको अवसरमा काठमाडौँको टुँडिखेलमा आयोजित विशेष कार्यक्रममै एकाएक बेहोस भएपछि उपस्थित अन्य पाहुनाहरु आत्तिएका थिए ।
चौथो संविधान दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा सहभागी हुन टुँडिखेल पुग्नुभएकी नेकपा नेत्री तथा सांसद चौधरी बेहोस भएर ढलेपछि...
प्रधानमन्त्री ओली शनिबार अमेरिका जाने, थाकसको उदघाटन देउवाले गर्ने !
काठमाडौं, असोज २ गते । प्रधानमन्त्री केपी शर्मा ओली संयु्क्त राष्ट्र संघको ७३ औं महासभा बैठकमा भागलिन ६ गते शनिबार अमेरिकाको न्यूयोर्क प्रस्थान गर्ने हुनुभएको छ । प्रधानमन्त्री ओली अमेरिका जाने हुनुभएपछि थाकस महाधिवेशनको उदघाटन प्रतिपक्षीदलका नेता शेरबहादुर देउवाबाट गराउने कसरत पदाधिकारीहरुले गरिरहनुभएको बुझिएको छ ।
महासभाको उच्चस्तरीय सम्बोधन सत्रमा भाग...
विधान विपरित काम गरेको भन्दै अध्यक्ष शेर्पा महासंघबाट बर्खास्त
आर.एन. चौधरी
मलेसिया, असोज १ गते । नेपाल् आदिवासी जनजाती महासंघ राष्ट्रिय समन्वय समिती मलेसियाले अध्यक्ष फूपू तेम्बा शेर्पालाई पदबाट बर्खास्त गरेको छ ।
आइतबार क्वालालम्पुरमा बसेको सचिवालय समितीको बैठकले केन्द्रिय अध्यक्ष शेर्पा पिनासा (पिटि) लाई पद र संस्थाबाट निलम्बन गर्ने निर्णय गरेको हो ।
केही दिन अघिदेखि विभिन्न विवादमा शेर्पाको नाम मुसछदै...
थाकस अध्यक्षमा मेरो उम्मेदवारी यसकारणः अध्यक्षका प्रत्यासी लेखी
काठमाडौं, भदौ ३० गते । असोज ७ देखि ९ गतेसम्म काठमाडौंमा हुन गइरहेको थारु कल्याणकारिणीसभाको २२ औं अधिवेशनमा आफ्नो उम्मेदवारी पदकालागि नभई थारु समुदायको उत्थानका लागि भएको नेता राजकुमार लेखीले दावी गर्नुभएको छ ।
थारु पत्रकार संघ नेपालका केही पदाधिकारी तथा अन्य पत्रकारसँग शनिबार कुराकानी गर्दै अध्यक्षका प्रत्यासी लेखीले त्यस्तो दावी...
दुई थारु पत्रकारसहित पाँच जना लाई प्रभुनारायण स्मृति सम्मान
काठमाडौं, भदौ, २९ गते । प्रभुनारायण चौधरी स्मृति प्रतिष्ठानले गोरखापत्रकर्मी तथा हमार पहुरा डट कमका सञ्चालक लक्की चौधरीसहित पाँचजना व्यक्तित्वलाई शुक्रबार एक कार्यक्रमबीच सम्मानित गरेको छ ।
सो प्रतिष्ठानको नवौं स्मृतिसभाको अवसरमा विभिन्न विधा र क्षेत्रमा योगदान पु¥याएकाहरुलाई एकसाथ सम्मानित गरिएको हो । सम्मानित हुनेमा पत्रकारिता क्षेत्रबाट गोरखापत्रका उपसम्पादक चौधरी, कान्तिपुर...
कानुन विकासका लागि हो, बाधक भए संशोधन र हेरफेर गर्नुपर्छः प्रम ओली
काठमाडौं, भदौ २७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास योजना तोकिएकै समयमा पुरा नभए जस्तोसुकै कार्वाही गरिने बताउनु भएको छ । सबै विकासे योजना निर्धारित समयमा पूरा गर्न उहाँले निर्देश गर्नुभयो ।
सिंहदरवारस्थित राष्ट्रिय योजना आयोगको सभाकक्षमा प्रधानमन्त्री ओलीकै अध्यक्षतामा बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको ४३ औं बैठकमा उहाँले १५–२०...
पार्वतिले महादेव प्राप्त गरेको स्मरणमा तीज पर्व धुमधामसँग मनाइँदै
काठमाडौं, भदौ २७ गते । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व धुमधामकासाथ हिन्दू नारीहरुले मनाइरहेका छन् । आज बुधबार तीजको व्रत बसी व्रतालुले महादेव तथा पार्वतिको स्मरण गरिरहेका छन् ।
भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा र उपासना गरेमा सुख, शान्ति प्राप्त हुने, सबैको कल्याण हुने धार्मिक...













