कैलालीकी राधा चौधरी माथि पुनः कुटपिट, दोसीलाई कारवाही गरिनेः प्रहरी
धनगढी, कात्तिक २२ गते । गत वर्ष फागुनमा ‘बोक्सीको आरोपमा कुटिएकी कैलाली घोडाघोडी नगरपालिका–५, देउकलीयाकी राधा चौधरीमाथि फेरि सोही आरोपमा कुटपिट भएको छ ।
गत वर्ष फागुन २४ गते अन्तर्राष्ट्रिय नारी दिवसका दिन ‘बोक्सीको आरोपमा चौधरीमाथि कुटपिट भएको थियो । कुटपिटबाट गम्भीर घाइते भएकी चौधरी उपचारपछि घर फर्किएकी थिइन् । २१...














