देश
माइक्रो बस र ट्रक ठोक्किदा चालक चौधरीसहित छ जनाको मृत्यु
दाङ, असोज २० गते । दाङको तुलसीपुरबाट बाँकेको नेपालगञ्जका लागि हिडेको यात्रुबाहक माइक्रो बस (हायस) दुर्घटना हुँदा चालक बलीराम चौधरीसहित ६ जनाको मृत्यु भएको छ।
शनिबार बिहान तुलसीपुरबाट नेपालगञ्जका लागि छुटेको बा ५४ ख १६६२ नम्बरको हायस बाँकेको राप्तीसोनारी गाउँपालिका–९ अगैया जंगलमा ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो।
हायस र ट्रक एक आपसमा...
थारु महिला उत्थान समाजको स्वास्थ्य सिविरः ३४० जनाले लिए स्वास्थ्य सेवा
सुनिल चौधरी
झुम्का, असोज १८ गते । थारु महिला उत्थान समाजले बिहिवार झुम्कामा आयोजना गरेको छाला र डेन्टल सम्बन्धी निःशुल्क स्वास्थ्य सिविरबाट ३४० जनाले स्वास्थ्य सेवा लिएका छन् । बिपि प्रतिष्ठान धरानको प्राबिधिक सहयोगमा भएको सिविरबाट स्थानीय लाभान्वित भएको बताएका छन् ।
छाला र डेन्टल रोगबाट बढी ग्रसित देखिएकालाई आयोजकको अनुरोधले बिशेष...
ट्रकको ठक्करले मोटरसाईकल सवार साउना चौधरीको निधन
चितवन, असोज १८ गते । चितवनमा ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार खैरहनी नगरपालिका १ बहेरा गाउँका मोटरसाइकलमा सवार साउना चौधरीको मृत्यु भएको छ। उहाँको श्रीमती जेनी चौधरी गम्भीर घाइते हुनुभएको छ ।
बिहीबार दिउँसो मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा अन्दाजी ३८ वर्षका चौधरीको मृत्यु भएको थियो । मोटरसाइकलमा सवार चौधरीको शरीर क्षतिविक्षत बनेको...
जितिया पर्वमार्फत थारुको हकअधिकारको माग गर्दै थारु महिला
कुलदिप चौधरी
सुनसरी, असोज १५ गते । थारु समुदायका महिलाहरुको प्रमुख पर्व जितिया मार्फत थारु महिलाले नयाँ संविधानमा थारुको अधिकार सुनिश्चित गर्न माग गरेका छन् । जितिया पर्व मंगलबार तराईका थारु तथा मधेसी समुदायले धुमधामसाथ मनाउँदै छन् ।
जितियाको पूर्व संन्ध्यामा सोमबार सुनसरीको इटहरीमा आयोजित कार्यक्रममा पनि थारु महिलाले सो माग राखेका...
टीकापुर घटनामा पक्राउ परेकालाई राजनीतिक रुपमै सल्टाउनुपर्छः नेता लेखी
सुनिल चौधरी
झुम्का, असोज १४ गते । थारु समुदायको अधिकारका लागि गरेको थरुहट थारुवान आन्दोलका क्रममा भएको टीकापुर घटनामा पक्राउ परेकाहरुलाई राजनीतिक तवरबाट रिहाई गर्न नेता राजकुमार लेखीले माग गर्नुभएको छ ।
राजनीतिक अधिकार प्राप्तीका क्रममा २०७२ भाद्र ७ गते भएको घटना भएकाले झुठामुद्दा तत्काल खारेज गरी राजबन्दीको रिहाईको माग लेखीले गर्नुभयो...
प्रदेश ७ को नाम सुदूरपश्चिम प्रदेश र स्थायी राजधानी गोदावरी बहुमतले पारित
धनगढी, असोज १२ गते । संसदीय समितिको सिफारिसमा प्रदेश ७ को नाम ‘सुदूरपश्चिम’ र स्थायी राजधानी ‘गोदावरी’ रहनेगरी प्रदेश संसद बैठकबाट पारित भएको छ ।
प्रदेशको नाम र राजधानी सिफारिसका लागि सांसद तारा लामा तामाङको संयोजकत्वमा गठित समितिले संसद बैठकमा प्रस्ताव प्रस्तुत गरेको थियो । शुक्रवार बसेको प्रदेश ७ को संसद...
जितिया पर्वको अवसरमा थारु महिला उत्थान समाजले भव्य कार्यक्रम गर्दै
सुनिल चौधरी
झुम्का,असोज ११ गते । तराईमा बसोबास गर्ने थारु महिलाहरुको महान पर्व “जितिया” नजिकिदै जादा महिलाहरुले मौलिक परम्परा अनुसार सो पर्व मनाउने तयारी गरेका छन् । सोहीक्रममा थारु महिला उत्थान समाज सुनसरीले पनि जितिया पर्वको भव्य आयोजना गर्दैछ ।
बाल बच्चा, घरपरिवारमा आईपर्ने सम्भावित अनिष्टहुनबाट बच्नकालागि महिलाले बिधिवत निराहार ब्रत लिएर...
बाँकेको गाभर भ्यालीमा कैलास मानसरोवर स्मारक पार्क बन्ने तयारीमा
भगतराम थारु
नेपालगन्ज, असोज ८ गते । बाँकेको गाभर भ्यालीमा कैलास मानसरोवर स्मारक पार्क बनाउने पहल थालिएको छ । मानसरोवर पार्क बनाउने पहल थालिएपछि स्थानियहरु खुशी भएका छन् ।
कविर ५० करोड रुपियाँ बढीको लागतमा मानसरोवर पार्क निर्माण गर्न लागिएको स्थानियले जनाएका छन् । गाभर उपत्यकामा पर्ने रानीबन क्षेत्रभित्र पार्क निर्माण गरिने...














