थारु समुदायमाथि राजनीतिक धोका भएको छः अध्यक्ष गच्छदार
काठमाडौं, पुस २३ गते । मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले सरकारले विवादित पाँचवटा जिल्ला मिलाएर संशोधन प्रस्ताव परिमार्जन गरे संशोधन विधेयक पारित गर्नमा आफ्नो पार्टीले सहयोग गर्ने बताउनुभएको छ ।
शनिबार रिपोर्टर्स क्लब नेपालको ज्ञापनपत्र बुझ्दै अध्यक्ष गच्छदारले आफ्नो पार्टी कुनै पनि अतिवादको पक्षमा नरहेको बताउनुभयो ।...














