मुक्त हलियाको पुनस्र्थापना हुन्छ, निराश गर्दैनः भूमिसुधार मन्त्री पाण्डे

मुक्त हलियाको पुनस्र्थापना हुन्छ, निराश गर्दैनः भूमिसुधार मन्त्री पाण्डे
काठमाडौं, असोज १३ गते । भूमिसुधार मन्त्री विक्रम पाण्डेले सरकारले लिएको लक्ष्यअनुसार हलियाको पुनस्र्थापना भइसक्ने बताउनुभएको छ । आफू मन्त्रालयको जिम्मेवारी सम्हालेपछि हलियाको आशालाई निराशामा परिणत नगर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो । राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालको आयोजनामा विहिबार यहाँ आयोजित मुक्त हलियाको वर्तमान अवस्थामा र सरकारको दायित्व विषयक गोष्ठीमा बोल्दै...

पच्चीस लाख बजेटमा बनेको थारु फिल्म भौराको च्यारेटी शो हुने

पच्चीस लाख बजेटमा बनेको थारु फिल्म भौराको च्यारेटी शो हुने
काठमाडौं, असोज १३ गते । थारु भाषाको पछिल्लो फिल्म भौँराको च्यारिटी सो असोज १४ गते शुक्रबार राजधानीको विश्वज्योति हलमा हुने फिल्म निर्माताले बताएका छन् । चम्पन साँस्कृतिक समूहको पहिलो प्रस्तुतिको रुपमा रहेको यो फिल्ममा थारु समुदायमा विद्यमान कूरीतितहरुबारे देखाउने प्रयास भएको निर्माताको भनाई छ। फिल्ममा थारु रीतिरिवाज र साँस्कृतिबारेको कथावस्तु पनि...

रेशम चौधरीलाई भेटेको हुँ तर नियतबस होइनः प्रधानमन्त्री प्रचण्ड

रेशम चौधरीलाई भेटेको हुँ तर नियतबस होइनः प्रधानमन्त्री प्रचण्ड
चितवन, असोज १२ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेशम चौधरीलाई दिल्लीमा आफूले भेटेपनि नियतबस नभएको बताउनुभएको छ । उहाँको भेटपछि बाहिर व्यापकरुपमा आलोचना हुन थालेपछि प्रचण्डले त्यस्तो प्रष्टिकरण दिनुभएको हो । प्रधानमन्त्री प्रचण्डले चैतमा चुनाव हुनेमा शंका नगर्न सबैमा आग्रह समेत गर्नुभएको छ । संविधान संशोधनमा एमालेले सहयोग गर्ने विश्वास...

टीकापुरका दोसीलाई उन्मुक्ति दिने विषयमा सांसदबीच चर्काचर्की

टीकापुरका दोसीलाई उन्मुक्ति दिने विषयमा सांसदबीच चर्काचर्की
काठमाडौं, असोज १२ गते । गत भाद्र ७ गते कैलालीको टीकापुरमा भएको घटनाका दोसी ठहर हुनेलाई उन्मुक्ति दिने कि नदिने विषयमा सांसदहरुबीच संसदीय समिति बैठकमा चर्काचर्की परेको छ । ‘झापा विद्रोह गुलेलीले भएको थियो कि बन्दुकले’ मन्सुरले प्रश्न गर्दै भने, ‘माओवादीको दसवर्षे सशस्त्र संघर्षमा १७ हजार मान्छे मरे तर प्रचण्ड प्रधानमन्त्री...

टीकापुर घटनामा संलग्नलाई उन्मुक्ति दिए मुलुकमा दण्डहिनताः एमाले

टीकापुर घटनामा संलग्नलाई उन्मुक्ति दिए मुलुकमा दण्डहिनताः एमाले
लक्की चौधरी काठमाडौं, असोज ११ गते । नेकपा (एमाले) ले संविधान कार्यान्वयनका लागि चार महिने देशव्यापी जनपरिचालन अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । पार्टीले दिएको जानकारीअनुसार आगामी कात्तिकदेखि माघ मसान्तसम्म अभियान सञ्चालन सो दलले गर्नेछ । पार्टी मुख्यालय धुम्बाराहीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका नेताहरुले सो जानकारी दिंदै पार्टीलाई अवको निर्वाचनमा...

कैलाली र कञ्चनपुर थारुवान प्रदेशमै राखिनुपर्छः कृषिमन्त्री चौधरी

कैलाली र कञ्चनपुर थारुवान प्रदेशमै राखिनुपर्छः कृषिमन्त्री चौधरी
काठमाडौं, असोज ११ गते । कृषिमन्त्री गौरीशंकर चौधरीले प्रदेशको सिमांकन गर्दा कैलाली र कञ्चनपुर जिल्लालाई थारुवान प्रदेशमै राख्नुपर्ने बताउनुभएको छ ।  रिपोर्टर्स क्लब नेपाल मंगलबार यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री चौधरीले प्रदेशको सिमाङ्कनमा विवाद भएपनि त्यसलाई दलहरुवीचको सहमतिबाटै टुंगो लगाउन सकिने विश्वास उहाँले व्यक्त गर्नुभयो । कैलाली र कञ्चनपुर...

बहुविवाह गरी फरार रहेका अभियुक्त किशोर चौधरी लहानबाट पक्राउ

बहुविवाह गरी फरार रहेका अभियुक्त किशोर चौधरी लहानबाट पक्राउ
सिराहा, असोज ११ गते । अदालतबाट बहुविवाह मुद्दामा कैद तथा जरिवाना सजाय पाएर फरार रहेका एकजना किशोर चौधरीलाई लहान प्रहरीले पक्राउ गरेको छ । पुनरावेदन अदालत राजविराजबाट बहुविवाह मुद्दामा गत २०७२ जेठ २७ गते एकवर्ष कैद तथा पाँच हजार रुपियाँ जरिवाना पाएर फरार सिरहाको लहान नगरपालिका–९ निवासी ३२ वर्षीय प्रेम भन्ने...

एमालेको अभियान अब तराई र मधेस केन्द्रीत हुन्छः अध्यक्ष ओली

एमालेको अभियान अब तराई र मधेस केन्द्रीत हुन्छः अध्यक्ष ओली
लक्की चौधरी काठमाडौं, असोज १० गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अबको एमालेको अभियान तराईकेन्द्रीत हुने बताउनुभएको छ । एमालेलाई तराई मधेस विरोधी पार्टीको आरोप लगाएर केही तत्वहरुले षडयन्त्र गरिरहेको भन्दै उहाँले त्यसलाई चिर्न सिङ्गो पार्टी परिचालन हुने बताउनुभयो । एमालेलाई तराई मधेस र जनजाति विरोधी पार्टीको अरोप लागिरहेका...

टीकापुर घटनाको राजनीतिकरुपमा समाधान खोज्न थारु नेताको माग

टीकापुर घटनाको राजनीतिकरुपमा समाधान खोज्न थारु नेताको माग
धनगढी, असोज ९ गते । सङ्घीय गठबन्धन र थरुहट थारुवान संयुक्त सङ्घर्ष समिति कैलालीले टीकापुर घटना राजनीतिक भएकोले त्यसको राजनीतिकरुपमै समाधान खोज्न माग गरेकोे छ । अधिकार माग्दा राज्यसंगको टकरावमा टीकापुर घटना भएको गठबन्धन र थरुहट थारुवान संयुक्त संघर्ष समितिको भनाई छ । घटनाको राजनीतिकरुपमा समाधान नखोजे त्यसले गम्भीर परिस्थितिको सृजना...

मञ्चले गरायो सुदूरपश्चिमको स्वास्थ्य समस्याबारे मन्त्रीको ध्यानाकर्षण

मञ्चले गरायो सुदूरपश्चिमको स्वास्थ्य समस्याबारे मन्त्रीको ध्यानाकर्षण
काठमाडौं, असोज ९ गते । सुदूरपश्चिमाञ्चल सरोकार मञ्चले सुदूरपश्चिमको समग्र स्वास्थ्य समस्या र त्यसको समाधानका विषयमा स्वास्थ्यमन्त्री गगनकुमार थापाको ध्यानाकर्षण गराएको छ । मञ्चका अध्यक्ष विष्णुप्रसाद खत्रीको नेतृत्वमा आइतबार मन्त्रालयमा गएको एक प्रतिनिधि टोलीले सुदूरपश्चिममा स्वास्थ्यअवस्था अन्यभन्दा विकराल रहेको भन्दै मन्त्री थापाको ध्यानाकर्षण गराएको हो । मञ्चले सुदूरपश्चिमको नौ जिल्लामध्ये अछाम,...