असोज मसान्तमै पुनःसंरचना आयोगको प्रतिवेदनः अध्यक्ष पौडेल

असोज मसान्तमै पुनःसंरचना आयोगको प्रतिवेदनः अध्यक्ष पौडेल
काठमाडौँ, असोज ७ गते । स्थानीयतह पुनःसंरचना आयोगले दसैँबिदामा पनि कामगरी असोज मसान्तभित्र सरकारलाई प्रतिवेदन बुझाउने बताएको छ । शुक्रबार यहाँ आयोजना गरेको एक साक्षात्कारमा आयोगका अध्यक्ष बालानन्द पौडेलले धेरै जिल्लाको काम अन्तिमचरणमा पुगेकाले बाँकी काम सकेर असोज मसान्तमै प्रतिवेदन बुझाउने तयारी भएको जानकारी गराउनुभयो । “हालसम्म ४८ जिल्लाको प्रतिवेदन आयोगमा प्राप्त...

संविधान संशोधनगरी थारुको मुद्दा सम्बोधन हुन्छः उपप्रधानमन्त्री निधी

संविधान संशोधनगरी थारुको मुद्दा सम्बोधन हुन्छः उपप्रधानमन्त्री निधी
काठमाडौं, असोज ७ गते । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधीले नयाँ संविधानमा संशोधन गरी सबै वर्गको अधिकारलाई सुनिश्चित् गर्दैजाने बताउनुभएको छ । संविधानमा मधेसी, थारु, जनजातिको अधिकार केही छुट्न गएको उहाँले धारणा राख्नुभयो । थारु समुदायको जितिया महोत्सवको उद्घाटनसत्रमा शुक्रबार यहाँ बोल्दै उपप्रधानमन्त्री निधीले त्यस्तो बताउँदै संविधान संशोधनकालागि सरकारले अन्तिम तयारी...

थारु जितिया महोत्सवको भव्य तयारी, उदघाटन उपप्रधानमन्त्रीले गर्ने

थारु जितिया महोत्सवको भव्य तयारी, उदघाटन उपप्रधानमन्त्रीले गर्ने
काठमाडौं, असोज ६ गते । उपत्यकामा बसोबास गर्ने थारु समुदायले शुक्रबार काठमाडौंमा जितिया महोत्सव २०७३ मनाउने भएका छन् । थारु चेलीबेटीको प्रमुख चाडमध्ये रहेको जितियामा थारु चेलीले सूर्य भगवानको निराहर व्रत बसेर मनाउने गर्छन् । थारु महिला सभा र थारु महिला समाजले संयुक्तरुपमा विहिबार यहाँ पत्रकार सम्मेलन गरेर महोत्सवको सम्पूर्ण तयारी...

थारु समुदायमा जितियाको रौनक, नेपालीको जितको शुभकामना

थारु समुदायमा जितियाको रौनक, नेपालीको जितको शुभकामना
काठमाडौं, असोज ५ गते । थारु समुदायका महिलाको प्रमुख चाडमध्ये रहेको जितिया पर्वको रौनक उपत्यकासहित पूर्व र मध्ये तराईको थारु गाउँबस्तीमा शुरुभएको छ । उपत्यकामा बसोबास गर्ने थारुले बुधबारदेखि नै जितिया पर्व मनाउन शुरुगरेका छन् । थारु महिला जागरण केन्द्रको आयोजनामा बुधबार यहाँ आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा वक्ताहरुले पर्वले सबै...

चित्तवनको भ्रमण गर्नुछ, अब १० हजारमै फेमिलि प्याकेजको सुविधा

चित्तवनको भ्रमण गर्नुछ, अब १० हजारमै फेमिलि प्याकेजको सुविधा
काठमाडौं, असोज ४ गते । चारवर्ष अगाडि २८ करोड रुपियाँको लगानीमा सञ्चालन भएको जंगल भिल्ला रिसोर्टले आफ्नो पाँचौ वार्षिकोत्सव मनाउँदैछ । रिसोर्टका प्रबन्ध निर्देशक सविन पौडेलकाअनुसार आगन्तुकलाई स्पेशल दशैं तिहार प्याकेजसहित वार्षिकोत्सव मनाउन लागेको हो । भरतपुर २७ चित्तवनमा राष्ट्रिय निकुञ्जसँगै जोडिएर ६० रोपनी जग्गामा फैलिएको रिसोर्टले दशैं तिहारलाई लक्षित गरी...

प्रधानमन्त्रीको सचिवालयले भन्यो, ‘रेशमसँग प्रमले हातमात्र मिलाए’

प्रधानमन्त्रीको सचिवालयले भन्यो, ‘रेशमसँग प्रमले हातमात्र मिलाए’
काठमाडौँ, असोज ४ गते । भारत भ्रमणकाबेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक कार्यक्रममा कैलाली घटनाका एक आरोपित मध्येका रेशम चौधरीसँग भेटेको टिप्पणी हुनथालेपछि उहाँको निजी सचिवालयले आफ्नो ध्यानाकर्षण भएको बताएको छ । भारतीय व्यवसायीले आयोजना गरेको सार्वजनिक कार्यक्रममा नचिनिने गरी उपस्थित भएर चौधरीले प्रधानमन्त्रीसँग हात मिलाएका थिए । धानमन्त्रीका प्रेस सल्लाहकार...

उपत्यकाका थारुले कालो दिवस मनाए, थरुहट प्रदेश कायम गर्न माग

उपत्यकाका थारुले कालो दिवस मनाए, थरुहट प्रदेश कायम गर्न माग
काठमाडौं, असोज ३ गते । संविधान जारी भएको दिनको स्मरण गरेर सरकारले देशव्यापी संविधान दिवस मनाइरहेका बेला थरुहट थारुवान संयुक्त संघर्ष समितिले तराईका जिल्लासहित उपत्यकामा पनि सोमबारलाई कालो दिवसकोरुपमा मनाएको छ । उपत्यकामा बस्ने थारु समुदायले नयाँ बानेश्वर संसद भवन अगाडि व्यानरसहित विरोधसभा आयोजना गरेका छन् । थरुहट थारुवान संयुक्त संघर्ष...

थरुहट समितिले संविधान जारीभएको दिनलाई भन्यो ‘कालो दिवस’

थरुहट समितिले संविधान जारीभएको दिनलाई भन्यो ‘कालो दिवस’
काठमाडौं, असोज ३ गते । सरकारले संविधान जारी भएको दिनको स्मरणमा सोमबारलाई देशव्यापीरुपमा संविधान दिवसकोरुपमा मनाए पनि थरुहट तराई र मधेसी समुदायले सो दिनलाई कालो दिवसकोरुपमा मनाउँदै छन् । संघर्ष समितिका केन्द्रीय संयोजक तथा थारु कल्याणकारिणीसभाका अध्यक्ष धनीराम चौधरीले सोमबार विज्ञप्ती जारी गर्दै थरुहट तराईमा असोज ३ लाई कालो दिवसकोरुपमा मनाउन...

थारु विद्यार्थीको अध्यक्षमा चन्द्र, संगठन सशक्त बनाउने प्रतिवद्धता

थारु विद्यार्थीको अध्यक्षमा चन्द्र, संगठन सशक्त बनाउने प्रतिवद्धता
काठामडौं, असोज ३ गते । थारु विद्यार्थी समाजको छैटौं महाधिवेशनले चन्द्रप्रसाद चौधरीको अध्यक्षतामा ३३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । आइतबार अबेर रातिसम्म भएको महाधिवेशनले अध्यक्षमा चौधरीलाई निर्विरोध निर्वाचित गरेको हो । त्यस्तै, पदाधिकारीमा उपाध्यक्षमा विजय चौधरी (चितनव), ओमनारायण महतो (नवलपासी), ठाकुर करियाप्रधान (कैलाली), गीता थारु (कञ्चनपुर) र प्रभु...

भ्रमणले नेपाल भारतको सम्बन्धमा नयाँ आयाम: प्रधानमन्त्री प्रचण्ड

भ्रमणले नेपाल भारतको सम्बन्धमा नयाँ आयाम: प्रधानमन्त्री प्रचण्ड
काठमाडौं, असोज २ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणले नेपाल र भारतबीचको सम्बन्ध नयाँ उचाईमा पुगेको बताउनुभएको छ । भारतसँगको प्रगाढ सम्बन्धले चीनसँगको सम्बन्धमा कुनै असर नपुग्ने उहाँले प्रष्ट पार्नुभयो । चारदिने भ्रमणपछि आइतबार दिउँसो स्वदेश फर्कनेक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संक्षिप्त पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री दाहालले त्यस्तो बताउनुभयो...