थारुको माग सरकारले सम्बोधन नगरेको थारु अगुवाहरुको गुनासो
धनगढी, कात्तिक २ गते । आफन्त भेटघाट गर्ने कैलाली कारागारको मुलगेटमा राजबन्दी लक्ष्मण थारु छाता तानेर आफ्ना दुई छोराहरुसँग कुरा गरिरहेका थिए । असोज ४ गते केन्द्रीय कारागारबाट धनगढी सारिएका थारुले जेलभित्रको र घरको समस्या व्यवस्थापनमा परामर्स गर्दैथिए ।
गतसाल भाद्र ७ को टीकापुरको दुःखद् घटनापछि आशंकामा पक्राउ परी कैलाली कारागारमा...













