लोकतन्त्र संस्थागतमा सञ्चारको भूमिका अहम
काठमाडौं, मंसिर ११ गते । लोकतन्त्र संस्थागत गर्नमा सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहने धारणा सञ्चारसम्बद्ध संस्थाका प्रतिनिधिहरुले राख्नुभएको छ ।
प्रेस चौतारी नेपालद्वारा शुक्रबार यहाँ आयोजित लोकतन्त्रको निर्माणमा सञ्चारमाध्यमको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा त्यस्तो धारणा राख्नुभएको हो । नयाँ संविधानमा तराई मधेसको विषयमा यथोचित सम्बोधन भएपनि सोबारे नागरिकहरु सूसुचित हुननसक्दा विद्यमान समस्या...














