विकासका लागि समाजबाद आवश्यकः महिला नेतृ भगवती चौधरी
धिरेन्द्रकुमार चौधरी
रामधुनी, साउन ७ गते । पूर्व बन तथा भूसंरक्षण राज्यमन्त्री भगबती चौधरीले विकासका लागि समाजबाद आवश्यक रहेको बताउनु भएको छ । सोमबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) द्वारा रामधुनी ९, डुम्राहामा आयोजित कार्यक्रममा उहाँले त्यस्तो बताउनुभयो । पार्टीका संस्थापक नेता क.पुष्पलाल श्रेष्ठको ४० औं स्मृति दिबसको अबसरमा कार्यक्रम आयोजना गरिएको...














