राष्ट्रपतिमा पुनः विद्यादेवी भण्डारीलाई उम्मेदवार बनाउने एमालेको निर्णय

राष्ट्रपतिमा पुनः विद्यादेवी भण्डारीलाई उम्मेदवार बनाउने एमालेको निर्णय
लक्की चौधरी काठमाडौं, फागुन २३ गते । नेकपा (एमाले) ले २९ गते हुने राष्ट्रपति निर्वाचनकालागि पुनः विद्यादेवी भण्डारीलाई नै उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ । बुधबार निर्वाचनकालागि मनोनयन दर्ता गर्ने समयतालिका भएपछि एमालेले मध्ये रातीसम्म बैठकबसी सो नाममा सहमति जुटाएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ६ बजेदेखि साढे १२...

रेशम चौधरीको विषयमा प्रधानमन्त्री ओलीसँग राजपाका नेताहरुको छलफल

रेशम चौधरीको विषयमा प्रधानमन्त्री ओलीसँग राजपाका नेताहरुको छलफल
काठमाडौं, फागुन २२ गते । कैलाली १ बाट प्रतिनिधिसभामा निर्वाचित राष्टिय जनता पार्टी नेपाल (राजपा) का सांसद रेशमलाल चौधरीको मुद्दा र उनले जेलभित्रै थालेको अनसनका बारेमा प्रधानमन्त्री केपी शर्मा ओली र राजपा नेताहरुबीच छलफल भएको छ । सोमवार संसद बैठकपछि राजपा अध्यक्ष मण्डलका पाँचजना अध्यक्षले प्रधानमन्त्रीसँग संसद भवनस्थित प्रधानमन्त्रीकै च्याम्बरमा भेट...

गुडीरहेको बसको ढोकाबाट खसेर रौतहटका लक्ष्मण चौधरीको मृत्यु

भक्तपुर, फागुन २२ गते । भक्तपुरको गठ्ठाघरमा गुडिरहेको बसको ढोकाबाट खसेर परिचालकको ज्यान गएको छ । मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघरमा रहेको साझा पेट्रोल पम्प नजिकैको ओरालोमा सोमबार बेलुका दुर्घटना भएको थियो । बा २ ख ६९७६ नम्बरको गाडीको ढोकाबाट खसेर गाडीका परिचालक (खलाँसी) रौतहट लक्ष्मनीया निवासी लक्ष्मण चौधरीको ज्यान गएको प्रहरीले...

थाकस चितवनको छात्रावासबाट गरीब थारु विद्यार्थीहरु धेरै लाभान्वित

थाकस चितवनको छात्रावासबाट गरीब थारु विद्यार्थीहरु धेरै लाभान्वित
कारी महतो चितवन, फागुन २२ गते । थारु कल्याणकारिणी सभा (थाकस) चितवनले भरतपुरमा निर्माण गरेको थारु छात्रावासबाट आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरु लाभान्वित भएका छन् । माडीबाट उच्चशिक्षा अध्ययन गर्न आएकी मनिका मर्दनियाले भनिन् “थाकसले निर्माण गरेको छात्रावासबाट निकै सहज भएको छ ।” उनी सप्तगण्डकी क्याम्पसमा स्नातक तेस्रो वर्षमा अध्ययनरत छिन् ।...

झुम्का उद्योग बाणिज्य संघमा महासचिवसहित चारजना थारु निर्वाचित

झुम्का उद्योग बाणिज्य संघमा महासचिवसहित चारजना थारु निर्वाचित
सुनिल चौधरी झुम्का, फागुन २१ गते । झुम्का उद्योग बाणिज्य संघमा महासचिवसहित चारजना थारु निर्वाचित भएका छन् । दुई फरक फरक प्यानलबाट चुनावी मैदानमा उत्रेका थारु सदस्यहरु दुवै प्यानलबाट निर्वाचित भएका छन् । युवा ब्यवसायी धमेन्द्र साह अध्यक्षमा बिजयी भएका छन् । सोमवार बेलुका सम्पन्न मतगनणाअनुसार साहले ३४० मत ल्याएर निर्वाचित भए...

संघीय संसदको पहिलो बैठक आजबाट, अन्तरिम कार्यविधि पारित गर्ने

संघीय संसदको पहिलो बैठक आजबाट, अन्तरिम कार्यविधि पारित गर्ने
काठमाडौं, फागुन २१ गते । संघीय संसद्को पहिलो अधिवेशनको पहिलो बैठक आज सोमबारदेखि बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा अपराह्न ४ बजे बैठक बस्दैछ । बैठकको तयारी पूरा भएको संसद सचिवालयले जनाएको छ । संघीय संसद्को निर्वाचन सम्पन्न भएको तीन महिनापछि अधिवेशन सुरु हुन लागेको हो। निर्वाचित सांसदहरुले आइतबार पद तथा गोपनीयताको...

सांसदले शपथ खाएकै दिनदेखि रेशम चौधरीको कारागारभित्र अनशन

सांसदले शपथ खाएकै दिनदेखि रेशम चौधरीको कारागारभित्र अनशन
धनगढी, फागुन २१ गते । टीकापुर घटनाको आरोपमा अहिले कैलाली कारागारमा रहेका रेशम चौधरीले विभिन्न माग राखी कारागारभित्रै अमरण अनशन शुरु गर्नुभएको छ । आइतबारदेखि शुरुभएको उहाँको अनसन सोमाबर पनि जारी छ । प्रतिनिधीसभा निर्वाचनमा कैलाली जिल्लाको १ बाट राष्टिय जनता पार्टी नेपाल (राजपा) को तर्फबाट वारेसनामामार्फत उम्मेदवारी दिई अत्यधिक मत...

नवनिर्वाचित सांसदले शपथ लिए, रेशम चौधरीसिहत आठ सांसद अनुपस्थित

नवनिर्वाचित सांसदले शपथ लिए, रेशम चौधरीसिहत आठ सांसद अनुपस्थित
काठमाडौं, फागुन २० गते । संघीय संसदको पहिलो बैठकअघि आइतबार प्रतिनिधिसभाका २७५ मध्ये २७१ र राष्टिय सभाका ५९ मध्ये ५५ जना सांसदले पद तथा गोपनीयताको शपथ लिएका छन् । नयाँ बानेश्वरस्थित संसद भवनमा भएको शपथ ग्रहण कार्यक्रममा रेशम चौधरीसहित चारजना प्रतिनिधिसभाका सदस्य अनुपस्थित रहे । अनुपस्थित सांसदमा माओवादी केन्द्रका टोपबहादुर रायमाझी,...

पाकिस्तानी प्रधानमन्त्री अब्बासी सोमबार नेपाल आउँदैः अर्थमन्त्रीले स्वागत गर्ने

पाकिस्तानी प्रधानमन्त्री अब्बासी सोमबार नेपाल आउँदैः अर्थमन्त्रीले स्वागत गर्ने
लक्की चौधरी काठमाडौं, फागुन २० गते । पाकिस्तानी प्रधानमन्त्री साहिद खाकन अब्बासी प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना दिन सोमबार सवा तीनबजे नेपाल पुग्दैछन् । परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार प्रधानमन्त्री अब्बासी ३ः१५ बजे ३० सदस्यीय प्रतिनिधि टोलीको नेतृत्व गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् । आफ्नै निजी एयरक्राफ्टबाट नेपाल आउन लागेका...

संघीय संसदको अधिवेशन आजबाट, रेशम चौधरीले शपथ लिन नपाउने

संघीय संसदको अधिवेशन आजबाट, रेशम चौधरीले शपथ लिन नपाउने
लक्की चौधरी काठमाडा्रैं, फागुन २० गते । तीनै तहको निर्वाचन सम्पन्न भएपछिको करिब तीन महिनापछि आइतबारबाट संघीय संसदको पहिलो अधिवेशन शुरु हुँदैछ । निर्वाचित जनप्रतिनिधिहरुको शपथसँगै सो अधिवेशन शुरु हुन लागेको हो । बैठकको सबै तयारी पूरा भएको संसद सचिवालयले बताएको छ । संघीय संसद सचिवालयका प्रवक्ता डा. भरतराज गौतमकाअनुसार दुईजना ज्येष्ठ...