सुनसरी ३ मा प्रतिनिधिविना मतगणना, अझै भगवतीको अग्रता कायमै
इटहरी, मंसिर २६ गते । विवादका कारण एक दिन रोकिएको सुनसरी क्षेत्र नम्बर ३ को मतगणना मंगलबार अपरान्हबाट पुनः शुरु भएको छ । मतगणना शुरु हुँदा पनि भगवती चौधरीको तर्फबाट कोही प्रतिनिधि गणनास्थलमा छैनन् ।
शुरुदेखिनै अग्रता लिइरहनुभएकी नेकपा (एमाले) की भगवती चौधरीको अग्रता कायमै रहँदा मतगणनास्थलमा उहाँको प्रतिनिधि भने छैनन्...














