कैलाली क्षेत्र ५ मा कडा टक्कर, नारद रानाथारुको पक्षमा माहौल
लक्की चौधरी
धनगढी, कात्तिक २६ गते । मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कैलालीको क्षेत्र नं. ५ को चुनावी सरगर्मीले केन्द्रसम्मको ध्यान तानेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका पत्नी आरजु राणा देउवा सो क्षेत्रमा कांग्रेसबाट उम्मेदवारी दिनुभएपछि सबैको नजर त्यहाँ गएको हो ।
वाम गठबन्धनको तर्फबाट नेकपा (एमाले) का उम्मेदवार नारदमुनी...














