आफन्तले सुनिता गुरुङ मृत्यु विषयको छानविन प्रतिबेदन मागे

आफन्तले सुनिता गुरुङ मृत्यु विषयको छानविन प्रतिबेदन मागे
सन्तकुमार चौधरी चितवन माघ १० गते । गर्भवत्ति महिला सुनिता गुरुङको मृत्युको विषयमा छानविन गर्न गठन भएको समितिलाई पीडितपक्षले प्रतिवेदन सार्वजनिक गर्न नसक्नुको कारण माग गरेका छन् । मृतक गुरुङका श्रीमानसहितको टोलीले सोमवार प्रमुख जिल्ला अधिकारीलाई भेटेर प्रतिवेदन सार्वजनिक गर्न नसक्नुको कारण बारे जानकारी मागेका हुन । चितवन मेडिकल कलेजमा उपचारको क्रममा...

माघ १५ भित्र सरकारले स्थानीयतह निर्वाचनको मिति घोषणा गर्छः प्रम

माघ १५ भित्र सरकारले स्थानीयतह निर्वाचनको मिति घोषणा गर्छः प्रम
काठमाडौं, माघ ९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माघ १५ भित्र स्थानीय तहको निर्वाचनको घोषणा हुने बताउनुभएको छ । त्यसकालागि आगामी वैशाख अन्तिम साता स्थानीय तहको चुनाव हुने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री दाहालले प्रमुख तीन दलबीच भएको सहमतिअनुसार सरकार माघ १५ गते भित्र निर्वाचनको मिति घोषणा गर्ने तयारीमा रहेको...

धनगढी तारानगरमा आयोजित माघी खोज्नीबोज्नी थारुमेला सम्पन्न

धनगढी तारानगरमा आयोजित माघी खोज्नीबोज्नी थारुमेला सम्पन्न
प्रेम चौधरी धनगढी, माघ ९ गते । थारु समुदायको संस्कृति परम्पराको जगेर्ना तथा सरकारबाट पाउनु पर्ने अधिकारको मागगर्दै थारु समुदायले धनगढीमा आयोजना गरेको तीनदिने माघी खोज्नीबोजनी मेला सम्पन्न भएको छ । थारु समुदायमा माघलाई विशेष महिनाकोरुपमा लिदै परम्परादेखि गर्दै आएको गतिविधिबारे जानकारी दिनकालागि धनगढी उपमहानगरपालिका–५ तारानगर, जाई, जाली, हसनपुर र मटियारीको संयूक्त...

संशोधन विधेयक परिमार्जन नभए अस्वीकार गर्छौंः फोरम नेपाल

संशोधन विधेयक परिमार्जन नभए अस्वीकार गर्छौंः फोरम नेपाल
काठमाडौ, माघ ८ गते । संघीय समाजवादी फोरम नेपालले संसद्मा प्रस्तुत संशोधन विधेयकलाई परिमार्जन नगरिए त्यसलाई यथास्थितिमा अस्वीकार गर्ने निर्णय गरेको छ । मधेशी मोर्चा–संघीय गठबन्धनले राखेको २६ बुँदे माग र मुद्दालाई विधेयकले बेवास्ता गरेको निष्कर्ष सो दलको छ । फोरम नेपालको केन्द्रीय कार्यालय तीनकुनेमा शनिबार सम्पन्न राजनीतिक समितिको बैठकले संशोधन...

सडक उदघाटन गर्दै मन्त्रीले भने, ‘हुलाकी सडक विकासको मेरुदण्ड’

सडक उदघाटन गर्दै मन्त्रीले भने, ‘हुलाकी सडक विकासको मेरुदण्ड’
अविनाश चौधरी धनगढी, माघ ६ गते । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले नेपालमा हुलाकी सडक तराई–मधेस क्षेत्रको आर्थिक मेरुदण्ड रहेको बताउनु भएको छ । कैलालीको धनगढीस्थित क्याम्पसरोडमा बिहीवार हुलाकी सडकको उद्घाटन गर्र्दै मन्त्री लेखकले विकासको पूर्वाधारमा सबैभन्दा महत्वपूर्ण पूर्वाधार सडक रहेको चर्चा गर्नुभयो । हुलाकी राजमार्गले तराई–मधेसको आर्थिक विकासमा टेवा...

आदिबासी जनजातिहरु पहिचानका लागि सामुहिक संघर्ष गर्ने

आदिबासी जनजातिहरु पहिचानका लागि सामुहिक संघर्ष गर्ने
काठमाडौं, माघ ५ गते । राजनीतिक आस्थाका आधारमा विभाजित आदिवासी जनजातिहरुले एकताको प्रयास थाल्दै पहिचानका लागि संयुक्त संघर्ष गर्ने निर्णयमा पुगेका छन् । विभिन्न गुट र समूहमा बाँडिदा आफ्ना समुदायको मुद्दा ‘कमजोर’ भएको निष्कर्षसहित उनीहरुले एकीकृत आन्दोलनको तयारी थालेका    हुन् । बुधबार ललितपुरको कुपण्डोलमा बसेको नेपाल आदिवासी जनजाति महासंघ र...

अध्ययनका लागि पुस्तकालयतर्फ युवाको आकर्षण बढ्दो

अध्ययनका लागि पुस्तकालयतर्फ युवाको आकर्षण बढ्दो
लक्की चौधरी धनगढी, माघ ५ गते । कैलाली जिल्लाको प्रमुख व्यापारिक शहर धनगढी उपमहानगरपालिकाको मेनरोडमै अवस्थित कैलाली जनपुस्तकालयमा अध्ययनका लागि युवाहरुको आकर्षण ढ्दैगएको छ । यस क्षेत्रकै पुरानो वि.सं. २०१४ मा स्थापना भएको यस पुस्तकालयमा विभिन्न पुस्तक, पत्रपत्रिका पढ्न मासिक तीन हजार जना आउने गरेको पुस्तकालयको रेकर्ड छ । पहिले प्रायः बुढापाकाहरु...

फेसन डिजाइनर सुशीला चौधरीको थारु पोशाकको वृहत प्रदर्शन

फेसन डिजाइनर सुशीला चौधरीको थारु पोशाकको वृहत प्रदर्शन
काठमाडौं, माघ ३ गते । फेसन डिजाइनर सुशीला चौधरीले थारु माघी महोत्सवमा पश्चिम कञ्चनपुरदेखि पूर्वको झापासम्मका थारु महिलाले प्रयोग गर्ने फेसन डिजाइन प्रदर्शन गर्नुभएको छ । उहाँलाई २२ वटा मोडलले प्रदर्शनका लागि साथ दिएका थिए । टुँडीखेलमा आयोजना भएको थारु राष्ट्रिय माघी महोत्सव २०७३ मा १५ मिनेट थारु संस्कृतिका पोशाक प्रदर्शन...

जीपको ठक्करवाट कैलालीमा कमल चौधरीको मृत्यु

जीपको ठक्करवाट कैलालीमा कमल चौधरीको मृत्यु
धनगढी, माघ २ गते । पूर्व—पश्चिम राजमार्ग अन्तर्गत पर्ने कैलालीको मुढा सडकखण्डमा आइतबार दिउँसो जीपको ठक्करवाट एक बालक कमल चौधरी (७) को मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीकाअनुसार बा १२ च ९७६३ नम्बरको जीपको ठक्करवाट लम्की चुहा नगरापालिकाका कृष्ण चौधरीका ७ वर्षे छोरा कमल चैधरीको घटनास्थलमै मृत्यु भएको हो...

थारु गाउँमा माघीडेवानी शुरु, धमाधम भलमन्सा छाँनिदै

थारु गाउँमा माघीडेवानी शुरु, धमाधम भलमन्सा छाँनिदै
लक्की चौधरी धनगढी, माघ २ गते । धनगढी उपमहानगरपालिका –५, जाइँगाउँका थारुहरु एकाविहानै भलमन्साको घरमा जम्मा भए । भलमन्साको घरमा मानिसको भिड देखेर छरछिमेकका गैरथारु समुदायले केही घटना घट्यो कि भनेर अड्कल काटे । तर त्यहाँ कुनै नराम्रो घटना थिएन । बडघर (भलमन्सा) छान्न आइतबार विहान ८ बजे नै गाउँघरका सदस्यहरु...