भारतीय राष्ट्रपति मुखर्जीको भव्य स्वागत, १९ सम्म नेपालमा
काठमाडौँ, कात्तिक १७ गते । नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका राष्ट्रपति प्रणव मुखर्जीको काठमाडौंमा भव्य स्वगत भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उहाँको स्वागत गर्नुभयो ।
राष्ट्रपति भण्डारीले उहाँलाई पुष्पगुच्छाले स्वागत गर्नुभएको थियो । नेपालका विशिष्ट अतिथि मुखर्जीको स्वागतार्थ विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन र...














