पितृको स्मरण गर्दै थारु समुदायले यमोसा (पितृऔंशी) पर्व धुमधाम मनाउँदै
कारी महतो
चितवन, असोज २० गते । चीतवन र नवलपुरका थारु समुदायले मनाउने यमोसा पर्व यस वर्ष चितवनको विभिन्न थारु संघ संस्थाहरुले सामूहिक रुपमा मनाइरहेका छन् । थारु कल्याणकारिणी सभा चितवन, थारु पत्रकार संघ चितवन, थारु महिला सभा चितवन, थारु बुद्धिजीवी सभा, थारु युवा सभा, थारु कलाकार सभा, थारु विद्यार्थी समाज...













