ब्यानर समाचार
तरकारी खेतीबाट सञ्जिव चौधरीलाई भयो मनग्य आम्दानी
अविनाश चौधरी
धनगढी, वैशाख ७ गते । पैसा कमाउन धमाधम युवापुस्ता विदेशिने क्रम बढिरहेकोबेला कैलालीका एक युवा व्यावसायिक तरकारी खेती गरेर मनग्य आम्दानी गर्न थालेका छन् ।
कैलाली गाउँपालिका वडा नम्बर ६ बेनौलीका २४ वर्षीय सञ्जिव चौधरीले व्यावसायिक तरकारीखेती गर्दै राम्रो आम्दानी गर्न थाल्नुभएको हो । वर्षमा चार लाख रुपियाँसम्म आम्दानी भइरहेको...
प्रिमनसुनको सक्रियताले देशभर हावाहुरी र मेघ गर्जनसहित पानी
थरुहट आन्दोलनः घोषणाको हतारो किन ?
संसारभरी उदारलोकतन्त्रको मानक जब निर्वाचन भयो, त्यही निर्वाचन अहिले आएर लोकतन्त्रको लागि संकट ल्याएको छ । भर्खरै भारतको लोकसभाको चुनावको तापमान बढदैछ । सबै गठबन्धनको नारा आफ्नै छन् । हिन्दुत्वको आवाज किन भारतीय सुरक्षाको चासो हुन पुगे ? शायद गालिबले आफूलाई नै केन्द्रमा राखी एउटा शायरी रचना गरे—“बेबकुफों का कमी...
थरुहट संयुक्त संघर्ष समितिले मेची–महाकाली अभियान चलाउँदै
काठमाडौं, चैत २० गते । थरुहट थारुवान संयुक्त संघर्ष समितिले भोलि चैत २१ देखि २९ सम्म मेची–महाकाली जनजागरण अभियान सञ्चालन गर्ने भएको छ । थारु समुदायको एकता कायम गर्ने उद्देश्यसाथ अभियान शुरु गर्न थालिएको समितिले जनाएको छ ।
समितिका केन्द्रीय सचिव प्रेमीलाल चौधरीकाअनुसार २१ गते मोरङ, २२ गते लहान, २३ गते...
थरुहट एकदिने भेला वर्दियामा सम्पन्न, थाकस केन्द्रको विमति
काठमाडौं, चैत १६ गते । थरुहट आन्दोलनलाई पुनर्जिवित गर्ने उद्देश्यसाथ थरुहट आन्दोलनकर्ताले शनिबार वर्दियाको ठाकुरद्वारमा एकदिने बृहत छलफल कार्यक्रम सम्पन्न गरेका छन् । सो कार्यक्रमबारेमा थारु कल्याणकारिणीसभा (थाकस) केन्द्रले भने विमति जनाएको छ ।
थरुहट आन्दोलन र अवको बाटो विषयक छलफल कार्यक्रममा थाकस केन्द्रबाट केन्द्रीय सदस्य चुर्णबहादुर चौधरी, इन्दु चौधरीको सहभागिता...
समान पेन्सनको माग गर्दै पूर्व बेलायती सैनिक (गेसो) शान्तिपूर्ण आन्दोलनमा
काठमाडौं, चैत ११ गते । गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले बेलायत सरकारले घोषणा गरेको ‘नयाँ गोर्खा प्याकेज’ प्रति विरोध गर्दै त्यसको विरुद्धमा आन्दोलन गर्ने घोषणा गरेको छ ।
बेलायत सरकारले पूर्व सहमति र पूर्वप्रतिबद्धता विपरित कपटपूर्ण तरिकाले एकतर्फी ‘प्याकेज’ घोषणा गरेको भन्दै गेसोले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।
गेसोले सोमबार...
जबरजस्ती रङ नदल्न आग्रह गर्दा चौधरीमाथि निर्घात कुटपिट
दाङ, चैत ७ गते । तुलसीपुर उपमहानगरपालिका वडा १८ निवासी जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत जितबहादुर चौधरीलाई दाङका एक समूहले निर्घात कुटपिट गरेको छ । होली मनाउन बिदा लिएर घर आएका चौधरीलाई युवाहरूको समूहले निर्घात कुटपिट गरेर घाइते बनाएको छ । चौधरीको तुलसीपुरस्थित सिटी हस्पिटलमा प्रारम्भीक उपचार पछि थप उपचारको...
पाँच अयोगका अध्यक्षहरुले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौं, चैत ७ गते । प्रस्तवित पाँचजना आयोगका अध्यक्षहरुले विहिबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति भवन शितल निवासमा आयोगका अध्यक्षहरुले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जवराबाट शपथ लिएका हुन् ।
संवैधानिक परिषदको सिफारिसमा अध्यक्षमा प्रस्तावित बालानन्द पौडेल (राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग), डा. शान्तराज सुवेदी (राष्ट्रिय समावेशी आयोग),...
विन्दास अवार्ड कार्यक्रमप्रति कलाकारहरु असन्तुष्ट
भगतराम थारु
नेपालगन्ज, चैत ४ गते । सुदुरपश्चिमको धनगढीमा भएको विन्दास अवार्डप्रति कलाकारहरुले असन्तुष्टि जनाएका छन् । यु ट्युव तथा चर्चामा आएका कलाकार विन्दास अवार्ड हुनबाट बञ्चित भएको भन्दै उनीहरुले असन्तुष्टि जनाएका हुन् ।
आयोजकको लापरवाहीले पुराना, चलेका कलाकार अवार्ड पाउनबाट बञ्चित भएको नाम नभन्ने शर्तमा एकजना कलाकारले बताउनुभयो । चैत २...














