दल दर्तागर्न पाँचसय जनाको प्रतिवद्धता, कर्मचारीले सदस्यता नपाउने

दल दर्तागर्न पाँचसय जनाको प्रतिवद्धता, कर्मचारीले सदस्यता नपाउने
काठमाडौं, असोज १७ गते । अब राजनीतिक दल दर्ताका लागि पाँचसय जना नेपाली मतदाताको प्रतिबद्धतापत्र चाहिने भएको छ। राजनीतिकदल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७३ मा कम्तीमा पाँचसय मतदाताले दलको सदस्यता प्राप्तगर्न गरेको प्रतिबद्धतापत्र र नागरिकता वा मतदाता परिचयपत्रको प्रमाणित प्रतिलिपिसहित हस्ताक्षर चाहिने प्रावधान प्रस्ताव गरिएको छ। प्रतिबद्धता...

कृषिमन्त्री चौधरीको हातबाट वि.क. उत्कृष्ट कालिगडमा सम्मानित

कृषिमन्त्री चौधरीको हातबाट वि.क. उत्कृष्ट कालिगडमा सम्मानित
काठमाडौं, असोज १६ गते । नागरिक एकता समाजले रामशरण वि.क.लाई उत्कृष्ट कालिगडकोरुपमा सम्मान गरेको छ । तीन दशक अगाडिदेखि कालिगडको काम प्रारम्भ गरेका वि.क.लाई एक समारोहका बीच कृषि विकास मन्त्री गौरीशंकर चौधरीले सम्मान गर्नुभएको हो । नागरिक एकता समाजका अध्यक्ष सिताराम कार्कीले कालिगडको क्षेत्रमा वि.क.ले पु¥याएको योगदान मुलुककै लागि उदाहरणीय भएकोले...

घट्यो आदिबासी मधेसीको प्रतिनिधित्व प्रतिशत, थारुलाई ७ प्रतिशत

घट्यो आदिबासी मधेसीको प्रतिनिधित्व प्रतिशत, थारुलाई ७ प्रतिशत
काठमाडौं, असोज १५ गते । नयाँ संविधानमा व्यवस्था गरिएको जातीय तथा क्षेत्रीय (क्लष्टर) समूहको संख्यामा भएको बृद्धिसँगै राज्यका निकायमा मधेसी र आदिवासी जनजाति समुदायको प्रतिनिधित्व प्रतिशत व्यापकरूपले घटेको छ। खासगरी अन्तरिम संविधान २०६३ को व्यवस्थाअनुसार, पहिलो र दोस्रो संविधानसभामा सबैभन्दा बढी प्रतिशत जनसंख्या ओगटेको आदिवासी जनजातिको प्रतिनिधित्व ८ प्रतिशतबढीले घटेको छ। आदिवासी...

रेशम चौधरीलाई प्रचण्डले भेट्दा ओलीलाई किन आपत्ति? चौधरी

रेशम चौधरीलाई प्रचण्डले भेट्दा ओलीलाई किन आपत्ति? चौधरी
काठमाडौं, असोज १४ गते । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का सांसद योगेन्द्र चौधरीले भारतमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कैलाली घटनाका फरार भनिएका अभियुक्त रेशम चौधरीसँग भेटदा एमाले अध्यक्ष केपी शर्मा ओलीको किन टाउको दुखाई भनी प्रश्न गर्नुभएको छ । व्यवस्थापिका संसदको विशेष समयमा शुक्रबार बोल्दै सांसद चौधरीले त्यस्तो प्रश्न गर्दै रेशम...

रेशम चौधरीलाई भेटेको हुँ तर नियतबस होइनः प्रधानमन्त्री प्रचण्ड

रेशम चौधरीलाई भेटेको हुँ तर नियतबस होइनः प्रधानमन्त्री प्रचण्ड
चितवन, असोज १२ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेशम चौधरीलाई दिल्लीमा आफूले भेटेपनि नियतबस नभएको बताउनुभएको छ । उहाँको भेटपछि बाहिर व्यापकरुपमा आलोचना हुन थालेपछि प्रचण्डले त्यस्तो प्रष्टिकरण दिनुभएको हो । प्रधानमन्त्री प्रचण्डले चैतमा चुनाव हुनेमा शंका नगर्न सबैमा आग्रह समेत गर्नुभएको छ । संविधान संशोधनमा एमालेले सहयोग गर्ने विश्वास...

टीकापुरका दोसीलाई उन्मुक्ति दिने विषयमा सांसदबीच चर्काचर्की

टीकापुरका दोसीलाई उन्मुक्ति दिने विषयमा सांसदबीच चर्काचर्की
काठमाडौं, असोज १२ गते । गत भाद्र ७ गते कैलालीको टीकापुरमा भएको घटनाका दोसी ठहर हुनेलाई उन्मुक्ति दिने कि नदिने विषयमा सांसदहरुबीच संसदीय समिति बैठकमा चर्काचर्की परेको छ । ‘झापा विद्रोह गुलेलीले भएको थियो कि बन्दुकले’ मन्सुरले प्रश्न गर्दै भने, ‘माओवादीको दसवर्षे सशस्त्र संघर्षमा १७ हजार मान्छे मरे तर प्रचण्ड प्रधानमन्त्री...

टीकापुर घटनामा संलग्नलाई उन्मुक्ति दिए मुलुकमा दण्डहिनताः एमाले

टीकापुर घटनामा संलग्नलाई उन्मुक्ति दिए मुलुकमा दण्डहिनताः एमाले
लक्की चौधरी काठमाडौं, असोज ११ गते । नेकपा (एमाले) ले संविधान कार्यान्वयनका लागि चार महिने देशव्यापी जनपरिचालन अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । पार्टीले दिएको जानकारीअनुसार आगामी कात्तिकदेखि माघ मसान्तसम्म अभियान सञ्चालन सो दलले गर्नेछ । पार्टी मुख्यालय धुम्बाराहीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका नेताहरुले सो जानकारी दिंदै पार्टीलाई अवको निर्वाचनमा...

कैलाली र कञ्चनपुर थारुवान प्रदेशमै राखिनुपर्छः कृषिमन्त्री चौधरी

कैलाली र कञ्चनपुर थारुवान प्रदेशमै राखिनुपर्छः कृषिमन्त्री चौधरी
काठमाडौं, असोज ११ गते । कृषिमन्त्री गौरीशंकर चौधरीले प्रदेशको सिमांकन गर्दा कैलाली र कञ्चनपुर जिल्लालाई थारुवान प्रदेशमै राख्नुपर्ने बताउनुभएको छ ।  रिपोर्टर्स क्लब नेपाल मंगलबार यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री चौधरीले प्रदेशको सिमाङ्कनमा विवाद भएपनि त्यसलाई दलहरुवीचको सहमतिबाटै टुंगो लगाउन सकिने विश्वास उहाँले व्यक्त गर्नुभयो । कैलाली र कञ्चनपुर...

एमालेको अभियान अब तराई र मधेस केन्द्रीत हुन्छः अध्यक्ष ओली

एमालेको अभियान अब तराई र मधेस केन्द्रीत हुन्छः अध्यक्ष ओली
लक्की चौधरी काठमाडौं, असोज १० गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अबको एमालेको अभियान तराईकेन्द्रीत हुने बताउनुभएको छ । एमालेलाई तराई मधेस विरोधी पार्टीको आरोप लगाएर केही तत्वहरुले षडयन्त्र गरिरहेको भन्दै उहाँले त्यसलाई चिर्न सिङ्गो पार्टी परिचालन हुने बताउनुभयो । एमालेलाई तराई मधेस र जनजाति विरोधी पार्टीको अरोप लागिरहेका...

अध्यक्ष ओलीलाई केन्द्रीय सदस्य थापाको ठोस सुझाव

अध्यक्ष ओलीलाई केन्द्रीय सदस्य थापाको ठोस सुझाव
काठमाडौं, असोज १० गते । नेकपा (एमाले) पार्टी प्रचार विभाग उपप्रमुख सूर्य थापाले पार्टीमा देखिएको गुटगत व्यवहारको अन्त्यको मागगर्दै अध्यक्ष केपी शर्मा ओलीलाई ११ बुँदे सुझाव प्रस्तुत गर्नुभएको छ । एमाले केन्द्रीय कमिटीको जारी बैठकमा अध्यक्षद्वारा प्रस्तुत राजनीतिक प्रतिवदेनमाथि सुझाव दिंदै उपप्रमुख थापाले त्यस्तो सुझाव पेश गर्नुभएको हो । पार्टीभित्र गुटबन्दीको...