हातपात भएको भन्दै अध्यक्ष थारुले आफै निकाले विज्ञप्ती

हातपात भएको भन्दै अध्यक्ष थारुले आफै निकाले विज्ञप्ती
काठमाडौं, चैत २८ गते । थारु विद्यार्थी समाज उपत्यका समितिका अध्यक्ष ओमनारायण महतो थारुले गत शनिबार आफूमाथि भएको हातपातको विज्ञप्तीमार्फत् भत्र्सना गर्नुभएको छ । हातपात गर्नेको पहिचान गरी कारवाही गर्न निर्वाचनमण्डलसँग थारुको माग छ । समाजको तर्फबाट आइतबार विज्ञप्ती जारी गर्दै अध्यक्ष थारुले विद्यार्थीको नाउँमा गुण्डागर्दी गर्ने, आपराधिक मानसिकता भएका गलत...

थारु विद्यार्थी समाज उपत्यका समितिको विवाद झन बल्झियो

थारु विद्यार्थी समाज उपत्यका समितिको विवाद झन बल्झियो
काठमाडौं, चैत २८ गते । थारु विद्यार्थी समाज उपत्यका समितिको अधिवेशन प्रतिनिधिहरु रातारात केही क्याम्पसबाट फर्जी बनाएको भन्दै एक पक्षले विरोध गरेपछि सोमबार आव्हान गरिएको बन्दसत्र पनि विवादमा पर्ने भएको छ । उपत्यका समितिका सचिव तथा अध्यक्षका प्रत्यासी विमल चौधरीले कार्यसमितिको निर्णयअनुसार २८ वटा क्याम्पसमा मात्रै इकाई समिति गठन गरेर प्रतिनिधि...

थारुले राजा मान्ने दंगीशरण थारुका राजा थिएनन्ः नेता गौतम

थारुले राजा मान्ने दंगीशरण थारुका राजा थिएनन्ः नेता गौतम
काठमाडौं, चैत २८ गते । नेकपा (एमाले) का उपाध्यक्ष बामदेव गौतमले तराईमा कहिल्यै थरुहट र मधेस राज्य नरहेको दावी गर्नुभएको छ ।अखिल नेपाल किसान महासंघको महाधिवेशनमा अध्यक्षको प्रतिवेदन पेशगर्दै उहाँले त्यस्तो दावी गर्नुभएको हो । “विगतमा कहिल्यै थरुहट राज्य न थियो न त मधेश राज्य नै, आज कुनै विदेशीको उक्साहटमा मधेस...

थारु विद्यार्थीमा कुटाकुट भएपछि बन्दसत्र पुनः सोमबार

थारु विद्यार्थीमा कुटाकुट भएपछि बन्दसत्र पुनः सोमबार
काठमाडौं, चैत २८ गते । थारु विद्यार्थी समाज उपत्यका समितिको शनिबार बोलाइएको छैठौं अधिवेशनमा एकापसमै कुटाकुट भई बबाल भएपछि बन्दसत्र सोमबार पुनः हुँदैछ । उपत्यका समितिका अध्यक्ष ओम थारुले साँझ ८ बजेतिर आफूमाथि एक समूहले हातपात गरेपछि बन्दसत्र सम्पन्न हुन नसकेको बताउनुभयो । “अँध्यारोमा अकस्मात म माथि हातपात भयो, हातपात गर्ने...

अर्को निर्वाचनमा एमालेलाई भोटकोलागि दुःख गर्नु पर्दैनः अध्यक्ष ओली

अर्को निर्वाचनमा एमालेलाई भोटकोलागि दुःख गर्नु पर्दैनः अध्यक्ष ओली
काठमाडौं, चैत २६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले आफ्नो आयुको कुनै चिन्ता नगरी देश र नागरिकको हितमा केन्द्रीत भएर काम गरिरहेको बताउनुभएको छ । “सरकार कहिले ढल्छ भन्ने चिन्ता छैन, पदमा रहुन्जेल देश र जनताको हितमा काम गर्छु” उहाँले भन्नुभयो । अखिल नेपाल किसान महासंघको शुक्रबार यहाँ आयोजित...

कांग्रेस संसदीयदलमा एकमात्र थारु भोटनीदेवी खवास निर्वाचित

कांग्रेस संसदीयदलमा एकमात्र थारु भोटनीदेवी खवास निर्वाचित
काठमाडौँ, चैत २६ गते । नेपाली काँग्रेस संसदीय दल कार्यसमितिका लागि भोटनीदेवी खवास थारु एकमात्र थारुबाट निर्वाचित हुनुभएको छ । शुक्रबार सम्पन्न निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ । थारु कोटाबाट बुद्धिसागर चौधरी र खवासबीच प्रतिस्पर्धा भएको थियो । त्यस्तै क्षेत्र नं. २ बाट उम्मेदवारी दिनुभएका तेजुलाल चौधरी पुनः पराजित हुनुभएको...

वैशाख ६ गते धनगढीमा चिरै भजहर कार्यक्रम आयोजना हुने

वैशाख ६ गते धनगढीमा चिरै भजहर कार्यक्रम आयोजना हुने
धनगढी, चैत २५ गते । कैलालीको धनगढी उपमहानगरपालिकामा बसोबास गर्ने थारु महिलाले चिरै भजहर पर्व वैशाख ६ गते मनाउने भएका छन् । सखी सञ्जाल कैलालीको आयोजनामा वैशाख ६ गते धनगढीमा सो पर्व मनाउने तयारी भएको बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ। जिल्लाभरी चैत २९ गते भजहर पर्व मनाउने निर्णय भएपनि विविध...

मधेसी रिलिफ फण्डको सहयोगमा कैदीलाई झुल वितरण

मधेसी रिलिफ फण्डको सहयोगमा कैदीलाई झुल वितरण
धनगढी, चैत २५ गते । टीकापुर घटना घटाएको अभियोगमा जेल सजाय भोगिरहेकाहरुलाई झुल वितरण गरिएको छ । गर्मीयाम शुरुभएसँगै कारागारभित्र मच्छर बढ्न थालेपछि झुल वितरण गरिएको हो । मधेसी रिलिफ फण्ड (एमआरएफ) ले थारू नागरिक समाज कैलालीमार्फत थारु कैदीहरुलाई विहिबार झुल वितरण गरेको छ । गत भाद्र ७ गते टीकापुरमा भएको...

कांग्रेस संसदीयदलमा थारु कोटा छुट्याइयो, तीन थारु मैदानमा

कांग्रेस संसदीयदलमा थारु कोटा छुट्याइयो, तीन थारु मैदानमा
काठमाडौँ, चैत २५ गते । नेपाली काँग्रेस व्यवस्थापिका–संसद्, संसदीय दल कार्यसमितिमा तीन थारु मैदानमा उत्रेका छन् । थारु कोटाबाट एक पदका लागि भोटनीदेवी खवास र बुद्धिसागर चौधरीले उम्मेदवारी दिएका छन् । त्यस्तै दुई नम्बर प्रदेशबाट तेजुलाल चौधरी प्रतिस्पर्धामा उत्रनुभएको छ । शुक्रबार हुने निर्वाचनका लागि मनोनयन दर्ता सम्पन्न भएको छ ।...

थारुगाउँ होमस्टेमा स्थानीय र बाह्य पर्यटकको बढ्यो आकर्षण

थारुगाउँ होमस्टेमा स्थानीय र बाह्य पर्यटकको बढ्यो आकर्षण
कपिलबस्तु, चैत २४ गते । चराको ‘स्वर्ग’ मानिने जगदीशपुर ताल छेउ पर्यटक बसाउन होमस्टे सञ्चालनमा ल्याइएको छ । पर्यटक आकर्षित गर्न निग्लिहवा १ स्थित थारू समुदायका घरमा सञ्चालन गरिएको हो । गाउँका ४० मध्ये १० जनाले यस्तो व्यवस्था गरेका हुन् । अहिले घरमा उपलब्ध साधन स्रोतलाई उपयोग गरेर सञ्चालन गरिएको छ...