मधेस तराईको समस्या समाधान गर्न प्रमुख दल तयार

काठमाडौँ, मङ्सिर ५ गते । सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल तराई मधेसमा देखिएको समस्या समाधान गर्न परिणाममुखी वार्ता गर्ने निर्णय गरेका छन् । सिंहदरबारमा शनिबार भएको छलफलमा तराई मधेसमा आन्दोलनरत मधेसी मोर्चासँग सकारात्मक र परिणाममुखी वार्ता गर्नुपर्ने र मुलुकले भोग्नु परेको समस्यालाई समाधान गर्न सबै दल एकमत भएका हुन् । नेपाली...

नेपालको घरमा मधेसी मोर्चाका कार्यकर्ताले गरे तोडफोड

नेपालको घरमा मधेसी मोर्चाका कार्यकर्ताले गरे तोडफोड
काठमाडौं, मंसिर ४ गते । पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालको रौतहटको गौरस्थित घरमा मधेसी मोर्चा सम्बद्ध व्यक्तिबाट शुक्रबार भएको आक्रमण र तोडफोडको सो पार्टीले गम्भीर आपत्ति जनाएको छ । पूर्व प्रधानमन्त्री नेपालको घरमा शुक्रबार दिउँसो गौर नगरपालिका ३, स्थित पुख्र्यौलीघरमा आन्दोलनका क्रममा मोर्चा सम्बद्ध कार्यकर्ताले घरमा...

सञ्चारनीति अब संघीय संरचनाअनुसारः सञ्चारमन्त्री राई

सञ्चारनीति अब संघीय संरचनाअनुसारः सञ्चारमन्त्री राई
काठमाडौं, मंसिर ३ गते । सूचना तथा सञ्चार प्रविधिमन्त्री शेरधन राईले विद्यमान सञ्चार नीतिलाई समयानुकूल परिमार्जन गर्न आवश्यक रहेको बताउनु भएको छ । सञ्चार मन्त्रालय सिंहदरवारस्थित मन्त्रालयको कार्यकक्षमा विहिबार पत्रकार महासंघको केन्द्रीय प्रतिनिधिहरुसँगको छलफलका क्रममा मन्त्री राईले त्यस्तो बताउनु हुँदै मन्त्रालयका सचिवसहित मातहतको कर्मचारीलाई निर्देशन दिइसकिएको बताउनुभयो । “सञ्चार सचिवसहित मातहतका...

सरकार नयाँ ढंगबाट अगाडि बढ्छः सञ्चारमन्त्री राई

सरकार नयाँ ढंगबाट अगाडि बढ्छः सञ्चारमन्त्री राई
काठमाडौं, मंसिर २ गते । सूचना तथा सञ्चार प्रविधिमन्त्री शेरधन राईले नयाँ संविधानको जगमा वर्तमान सरकार गठन भएकाले मुलुक विकास र समृद्धिको नयाँ बाटोबाट अगाडि बढ्ने बताउनुभएको छ । प्रेस चौतारी नेपालको स्वागत तथा बधाई कार्यक्रममा बुधबार यहाँ बोल्नुहुँदै मन्त्री राईले त्यस्तो बताउनुहुँदै मुलुक हिजोको अवस्थाबाट अगाडि बढ्न नसक्ने प्रष्ट पार्नुभयो...

नाकाबन्दीले जनताको भावनाको अवमूल्यनः प्रधानमन्त्री ओली

नाकाबन्दीले जनताको भावनाको अवमूल्यनः प्रधानमन्त्री ओली
हमार पहुरा काठमाडौं, कात्तिक २९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा आइतबार साँझ सम्बोधन गर्नुभएको छ । प्रधानमन्त्रीमा निर्वाचित भएको एक महिना ५ दिनमा ओलीले विद्यमान समस्याबारे औपचारिक सम्बोधन गर्नुभएको हो । सम्बोधनमा उहाँले दक्षिणको छिमेकीले नाकाबन्दीगरी दुवै देशको जनताको भावनाको गम्भीर अबमूल्यन गरेको आरोप लगाउनुभयो । आदरणीय दिदीबहिनी तथा...

इन्धन अभावमा दाउराको जोहो

इन्धन अभावमा दाउराको जोहो
हमार पहुरा काठमाडौं, कात्तिक २९ गते । भारतीय नाकाबन्दीले काठमाडौंसहित मुलुकभर इन्धन अभाव भएपछि सरकारले आइतबारदेखि काठमाडौंमा दाउरा वितरण शुरु गरेको छ । भारतको नाकाबन्दीका कारण खाना पकाउने ग्यासको आपूर्ति रोकिएपछि विकल्पमा सरकारले दाउरा वितरण गरेको हो। सरकारी स्वामित्वको टिम्बर कर्पोरेसन लिमिटेड- टिसिएन ले काठमाडौंको पशुपति आर्यघाटको डिपो र ललितपुरको बालकुमारी डिपोबाट दाउरा वितरण...

पेरिस घटनाले विश्व हल्लियो

पेरिस घटनाले विश्व हल्लियो
हमार पहुरा काठमाडौं, कात्तिक २९ गते । फ्रान्समा सयभन्दा बढीको ज्यान जाने गरी नागरिकको हत्या भएपछि यसको जिम्मा इस्लामिक स्टेट (आइएस) ले लिएको समाचार आइरहेको छ । सामाजिक सञ्जालहरुमा आइएसका समर्थकले पेरिस हमलाबारे खुशीयाली मनाइरहेका छन् । पेरिस हमलापछि ‘आइएस’ के हो र यसको नेतृत्व कसले गरिरहेको छ भन्नेबारे विश्वभरमा मानिसमा एकाएक...

प्रधानमन्त्री ओलीको यस्तो भयो भाइटीका

काठमाडौँः यस पटकको तिहारमा हिन्दुहरुले चेलीबेटीका हातबाट सप्तरङगी टिका लगाएर मनाए । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना दुई दिदी–बहिनीका हातबाट प्रधानमन्त्री निवास बालुबाटमै भाइटीका लगाएका छन् । ओलीकी  दिदी विष्णुमाया सिवाकोटी र वहिनी विष्णुमाया ढकालले ओलीलाई बालुबाटार पुगेर टिका लगाएर आशीर्वाद दिए ।टिका ग्रहणपछि ओलीले भाइटीका पर्व, दिदीभाइ र दाजुबहिनीको आत्मियता...

थामडाँडामा बस दुर्घटना तीनको मृत्यु, ६० घाइते

थामडाँडामा बस दुर्घटना तीनको मृत्यु, ६० घाइते
राम दहित बेनीः म्याग्दीको बरङ्जाबाट बेनीतर्फ आउँदै गरेको ग १ ख ५३६६ नम्बरको बस थामडाँडाँको रत्नेखोलामा  दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छछ भने ६० जनाभन्दा बढी यात्रु घाइते भएका छन् । तीब्र गतिमा बेनीतर्फ आइरहेको बस सडकदेखि करिव एक सय मिटर तल खसेको स्थानीय प्रत्यक्षदर्शी लिला गुरुङले   दिए । बसमा करिव...